बंगलादेशका राष्ट्रपति हिमाल देखेर माेहित, फेवातालमा डुंगा चढेपछि यस्ताे भने
इनेप्लिज
२०७६ कार्तिक २९ गते ३:५४ मा प्रकाशित
चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा जलविहार गरेका छन् । बिहीबार बिहान पर्यटकीय नगरी पोखरा आएका उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरेका हुन् ।
नेपाली सेनाको हेलिकोप्टर चढेर काठमाडौंबाट आएका उनले करिब चार घण्टा पोखरामा बिताएका छन् । बंगलादेशका राष्ट्रपतिको पोखरा आगमनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका अर्थमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य खगराज अधिकारीलगायतले स्वागत गरेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भने अमेरिकामा छन् ।
पोखरा विमानस्थलबाट लेकसाइडस्थित फिस्टेल लजमा केहीबेर आराम गरेर उनी फेवातालमा गएका थिए । फेवातालपछि उनी रुपाकोट रिसोर्टमा गए । रुपाकोटमा उनलाई रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले स्थानिय दारको ठेकी उपहार दिएका छन् । उनले रुपाकोटमा पुगेपछि हिमाल देखे र निकै मोहित भएको बताएका छन् ।
https://www.youtube.com/watch?v=8v5sZKNU1YY&feature=emb_logo
प्रतिक्रिया