तमु प्ये ल्हु संघ” कतारले सांगितिक कार्यक्रम गर्दै

इनेप्लिज २०७६ कार्तिक २६ गते ११:४५ मा प्रकाशित

भोला थापा क्षेत्री ।

दोहा  – तमु जातिको महान पर्व “च्यू ल्होसार”को अबसर पारेर “तमु प्ये ल्हु संघ” कतारले सांगितिक कार्यक्रम गर्ने भएको छ ।

उक्त बृहत साँस्कृतिक कार्यक्रमका लागी नेपाल देखी ४ कलाकारहरु कतार आउने भएका छन जसमा गुरुङ चलचित्र नायक तथा नृत्यकार बिष्णु तमु, लोक दोहोरी तथा सालैजो गायक सागर तमु, लोक तथा दोहोरी गायिका सिमा तमुस्या (नानु) र नृत्यकार तथा नृत्य निर्देशक रेशम तमु कतार आउने भएका हुन भने कतारमा कर्मथलो बनाउदै आएका स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ  ।

आगामी जनावरी ३ तारीख शुक्रबारका दिन कतारको फिलपिनो मार्केट नजिकै रहेको “गल्फ होराईजन होटलमा” उक्त कार्यक्रम हुने आयोजक राजु गुरुङले  जानकारी दिए ।  गुरुङले उक्त कार्यक्रममा लोक तथा दोहोरी, सालैज्यो लगायत बिभिन्न मौलिक संस्कार संस्कृती झल्काउने प्रस्तुती रहेकोे हुदाँ कतारमा रहेका तमु तथा गैर तमु सम्पुर्ण नेपालीहरुलाई उपस्थिती लागी अनुरोध समेत गरेका छन ।

प्रतिक्रिया