बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा, राष्ट्रपति भण्डारीद्वारा स्वागत

इनेप्लिज २०७६ कार्तिक २६ गते ८:४५ मा प्रकाशित

काठमाडौं, २६ कात्तिक ।  बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।

राष्ट्रपति हमिदलाई समकक्षी विद्यादवी भण्डारीले त्रिभुवन विमानस्थलमा स्वागत गर्नु भएको छ ।

राष्ट्रपति हमादलाई स्वागत गर्न उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शमार् आली, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना पनि विमानस्थलमा पुग्नुभयो ।

तीन दशकपछि यो स्तरको द्विपक्षीय भ्रमण हुन लागेको हो । सार्क स्थापना र नेपालले आयोजना गरेको सन् १९८७ को तेस्रो शिखर सम्मेलनमा पनि यस्तै भ्रमण भएको थियो ।

विमानस्थलमा सेनाको एक टुकडीले राष्ट्रपति हमादलाई सम्मान गारत अर्पण गरेको छ ।

प्रतिक्रिया