बिहीबार, मंसिर १९ २०७६
काठमाडौं २१:२५
वासिङटन डिसी 10:40

गजलः बहाना र चाहनाको रक्सी

इनेप्लिज २०७६ कार्तिक २५ गते ११:२२ मा प्रकाशित

बैशले मातिएर पिउँछन् रक्सी यहाँ
उमेर ढल्केरनी पिउँछन् रक्सी यहाँ

मौनतामा अल्झिएर बस्छन् कोही
मनको सुखमा पिउँछन् रक्सी यहाँ

तरुनीको जालमा परी जिस्कन
मस्त मस्त पिउँछन् रक्सी यहाँ

भोज भतेरको निहुमा रम्दछन्
बहानामा पिउँछन् रक्सी यहाँ

हावामा समाधान खोज्न हिंड्छन्
बिवशतामा पिउँछन् रक्सी यहाँ

कोहि चरम सुख लिन धाउँछन्
बिछोडमा नि पिउँछन् रक्सी यहाँ

बहाना र चाहनाले पिउनेहरु सबै
भट्टीमा लाग्छन् पिउँछन् रक्सी यहाँ

ठूला बडाहरुको त कुराहरुनै छुट्टै
बेमौसममा नि पिउँछन् रक्सी यहाँ

नपिउनेलाई खिसी गर्दै हिंड्छन्
“पिलाउनेले” पिउँछन् रक्सी यहाँ

नपिए बात लाग्ने नशा यो कस्तो
पिलाउँछन्, पिउँछन् रक्सी यहाँ

अल्का मल्ल
काठमाडौं

प्रतिक्रिया