महिला हिंसा निरुत्साहित गर्ने उदेश्यले एक्सन फर नेशन नेपाल भन्ने संस्था गठन

इनेप्लिज २०७६ कार्तिक २१ गते १२:१२ मा प्रकाशित

समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएका युवाहरुले बढ्दो महिला हिंसा निरुत्साहित गर्ने उदेश्यले एक्सन फर नेशन नेपाल भन्ने संस्था गठन गरेर महिलाहरुको आत्मरक्षा अभियान सुरु गरेका छन् । संस्थाले सुरुमा काठमाडौं र त्यसपछि देशका विभिन्न स्थानमा पुगेर महिलाहरुलाई कसरी आत्मरक्षा गर्ने भन्ने विषयमा प्रशिक्षण दिने कार्यक्रम छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका तेक्कादो खलाडी एवम् पर्यटन वर्ष २०२० का अमेरिकाका लागि पर्यटनदुत प्रकाश थापाको अध्यक्षतामा संस्था गठन भएको हो ।

संस्थामा थापा अध्यक्ष, उपाध्यक्ष निर्मल शर्मा, सचिव श्रीकृष्ण श्रेष्ठ, कोषाध्यक्ष राजकुमार लामा रहेका छन् । त्यसैगरी, सदस्यहरुमा नाजीर हुसेन, गिरी बहादुर सुनार, मिलन लामा, अनिल प्रदान (वशिष्ट) अम्बिका शर्मा, सीता पाण्डे र दयाराम पाण्डे रहेका छन् ।त्यस्तै सल्लाहाकार सपना प्रदान, मेनुका लामा भुमा लिम्ब र सुरेश आलेमगर रहेका छन् । कानुनी सल्लाहकारमा राजेश काफ्ले छन् । यस संस्थाले यसै महिनादेखि आफ्नो अभियान अन्तर्गत कार्यक्रमहरुलार्य अघि बढाउने भएको छ । यो संस्था अमेरिकामा आधा दशक देखि क्रियाशिल छ ।

प्रतिक्रिया