बाघबाट बच्न १० बोकाको बली समेत देवीलाइ चढाइयो ! मन्दिरको घण्टा चोर्दा ६ जना मान्छे खायो !बाहिरियो रहस्य नरभक्षी चितुवा काण्ड ! (भिडियो)

इनेप्लिज २०७६ कार्तिक २१ गते ०:१५ मा प्रकाशित

केही बर्ष पहिले तनहुँ जिल्लाको भानु नगरपालिकाको एक मन्दिरबाट घण्ट चोरी भयो । देबीको मन्दिरबाट घण्टा हराएपछि रात दिन बाघ कराउन थाल्यो र एक दिन पाँच जना सुतेकै ठाउँमा ठूलै मान्छेलाई खायो । त्यही दिन भानु नगरबासिका बयस्कहरुले याद गर्छन र भानुमा चितुवाले मान्छे खानुको पछाडी दैवी शक्ति भएको उनीहरुको बुझाई छ ।

भानुमा चितुवाको आक्रामणबाट ६ जनाको ज्यान गएपछि नरभक्षी चितुवा मार्नका लागी भएका प्रयासहरु असफल भए । पुराना बुढापाकाहरुले यो धर्म र पुजाआजामा समस्या भएका कारण देवीमाता बाघको रुप धारण गरि मान्छे खाएको बताए पछि स्थानीयहरु मिलेर देवीको पुजा धुमधामले गरेका छन् । धार्मिक मान्यता अनुरुप देबि रिसाएर बाघको रुप धारणा गरेर मान्छे खाएको भन्दै स्थानीयहरुले देबीको पुजा गर्नुपर्ने बताएपछि भानु नगरपालिकाको वडा नं १ र २ मा सोमबार भव्य रुपमा देबी पुजा भएको हो । भानु १ मा रहेको कालिकाको मन्दिरमा १० वटा बोकाको बली दिएर देवीको पूजा गरिएको वडाअध्यष प्रेम लामाले बताए ।

सहकर्मी सुबास अमगाई को सहयोगमा यो रिपोर्ट

प्रतिक्रिया