शनिबार, कार्तिक ३० २०७६
काठमाडौं ०१:५३
वासिङटन डिसी 15:08

योगेश काजी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘हेल्लो’ सार्वजनिक

इनेप्लिज २०७६ कार्तिक १६ गते १३:५१ मा प्रकाशित

काठमाडौं,

योगेश काजी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘हेल्लो’ सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द, आशिष अबिरलको सङ्गीत तथा एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गम्भीर विष्टले कोरियोग्राफी र निर्देशन गरेको गीतको भिडियोमा कार्टुन क्रुजका आष्मा विश्वकर्मा र सरोज अधिकारीसहित उनको समूहले अभिनय गरेको छ ।

भिडियोमा अर्जुन तिवारीको डिओपी, बुद्ध थापाको छायांकन, नविन निरौलाको सम्पादन र कलर ग्रेडिङ, सुरेन बसेलको प्रोडक्सन, सुबोल थापाको सहायक निर्देशन छ ।

भिडियोलाई कार्टुन क्रुजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो पुस्तालाई लक्षित गरिएको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

नायिका तथा मोडल सारिका घिमिरे यतिवेला गीत मार्फत पनि स्रोता÷दर्शकको मन जित्न सफल भएकी छन् भने योगेशकाजीका गीत पनि एक पछि अर्को स्रोता÷दर्शकको रोजाइमा रहेका छन् ।

‘एस इन्टरटेन्मेन्टको प्रस्तुतिमा सारिका र मेरो स्वरमा रहेको गीत ‘हेल्लो’ स्रोता÷दर्शकमाझ प्रस्तुत गरेका छौ, हाम्रा अन्य गीत जस्तै यो गीतले पनि सबैको माया साथ सहयोगका साथै हेरेर प्रतिक्रियोको अपेक्षा राखेका छौ’, योगेशले भने ।

प्रतिक्रिया