फेरि पनि …सुभद्रा पराजुली , भर्जिनिया

इनेप्लिज २०७६ कार्तिक १५ गते २२:१३ मा प्रकाशित

चिसो चिसो सिरेटोले फेरि पनि स्पर्स गर्यो
हरिया रूख रंगीन भई एक एक गर्दै भुईंमा झर्यो
कठ्याङ्दिन दिनहरू देउसीसँगै झुम्नथाले
संस्था उप- संस्थाहरूका देउसी खेल्दै डुल्नथाले

समयभन्दा धेरै अघि भाग्यभन्दा अझैं बढी
जुटेका छौ कर्मगर्न यात्रा ” टेलिपोट” चढ़ी
पक्कै बन्छ अर्को नेपाल गोलार्धको अर्कोपट्टी
यो मन त यसै ” नेपाली” हो नि को छौं र आखिर घटी

मनहरू मीलेभने साथहरू कतिकति
खुम्चिएको मनभए टुट्दै जान्छ यिनको गति
” तपाई” हुन पाउनु अघि ” मपाईं” को तिर्खा भए
“कस्ता कस्ता” विलाएर “सस्ता सस्ता” बनि रहे

कुराभन्दा कामहरू आँखाभरि देख्न पाए
आहाँ तिमी वा .. वा .. तिमी भन्दै सबैले लेख्न पाए
बल्ल तिमी गर्व गर अहमतालाई कुल्चिएर
अनि मात्र लेखाजोखा हुन्छ आँखा चिम्लिएर

प्रतिक्रिया