संगै मर्ने संगै जिउने कसम खाएकी श्रीमतीले पनि छोडेर हिडीन, मलेशिया नगएको भए मृत्युको नजिक पुग्न थिएन की ! (मार्मिक भिडियो सहित)

इनेप्लिज २०७६ कार्तिक १४ गते ११:२० मा प्रकाशित

काठमाडौँ!

नुवाकोट जिल्ला सूर्यगढी गाऊँ पालिका वडा नं २कुवापानी स्थायी घर भई आज भन्दा छ वर्ष अगाडि वैदेशिक रोजगारीका सिलसिलामा मलेशिया गएका राजु पाख्रिन आफ्ना दुवै मृगौला फेल भएर नेपाल फर्किएका थिए। आज भन्दा करीब एक महिना अगाडि स्कटनेपाल नेपाल रोधिघरका कार्यक्रम प्रस्तोता निलमणी भण्डारीले राजुको एउटा भिडियो बनाएर स्कटनेपालको च्यानलमा हालेका थिए।

मृगौला पिडित राजु पाख्रिन त्यस बखत आर्थिक अभाबका कारण ललितपुरको पाटन अस्पतालमा जीवन र मृत्युको मुखमा छटपटाई रहेका थिए। राजुको यो दर्दनाक अबस्था सँगै उनलाई उनकी श्रीमतीले पनि छोडेर गएकी थिइन्। राजुको पहिलो भिडियो हेरेर स्वदेश तथा विदेशमा रहेका नेपाली आमा बुबा दाजु भाई तथा दिदी बहिनीहरुले धेरै ठूलो सहयोग गर्नुभएको थियो।

करीब छ लाखको हाराहारीमा रकम उठेको राजुकी माईली भाउजु लक्ष्मी पाख्रिनले स्कटनेपाललाई जानकारी दिएकी छिन्। सहयोगी दाताहरुलाई हृदयदेखि नै धन्यवाद दिँदै राजुले थप सहयोगको अपेक्षा समेत गरेका छन्। अहिले राजुको स्वयंभू स्थित् मनमोहन मेमोरियल हस्पिटलमा डायलसिस भईरहेको छ।स्कटनेपालका प्रस्तोता तथा स्कटनेपाल काठमाडौँका संबाददाता ऊनै निलमणी भण्डारीले दोश्रो पटक तयार पारेको यो भिडियो हेर्नुहोस्।

तपाईंहरु पनि मृगौला पिडित राजु पाख्रिनलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क:- राजु पाख्रिनकी माईली भाउजु लक्ष्मी पाख्रिन,मोबाइल नम्बर:-9841209862 मा सिधा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ।

प्रतिक्रिया