न्यूज टिम, कार्तिक १४, काठमाडौं । प्रधानमन्त्री के.पि. शर्मा ओली पुनः विरामी पर्नु भएको छ । उहाँको मिर्गौलाले राम्रोसँग काम गर्न छोडेकोले रगतमा क्रेटिनिनको मात्रा बढ्न गएको र डायलासिस् प्रोसेस भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । राजधानीको ग्र्याण्डी अस्पतालमा उपचार भइरहेको छ ।
ग्रह गोचर राम्रो नभएको र राजनीतिक क्षेत्रको व्यक्तिलाई कष्ट हुने भविष्यवाणी यस अघि नै ज्योतिष दीपक सुवेदीले पटक पटक गरेका थिए । राजनीतिक क्षेत्रको व्यक्तिलाई कष्ट हुने उनले भविष्यवाणी गर्दै गर्दा उनले बताएको समय भित्रै प्रधानमन्त्री नै पटक पटक विरामी पर्दा ज्यो. सुवेदीको भविष्यवाणीतर्फ सर्वसाधारणको ध्यानाकर्षण भइरहेको पनि छ । विभिन्न खालको घटना दुर्घटाको संभावनासमेत रहेको भविष्यवाणी उनले गरेका छन् । उनको भनाई पूरा रुपमा तलको भिडियोबाट हेर्नसक्नु हुनेछ । सुवेदीले गर्ने गरेको भविष्यवाणी प्राय सबै मिल्दै आएको मिडियालाई सूचना छ । यस पटकको भविष्यवाणी उनले बताएका धेरै कुरा घटिसकेका छन् ।
ज्योतिषीय विश्लेषणबाट पनि अनुकूल नदेखिएको वर्तमान समयमा संबन्धित सबैले आवश्यक सावधानी अप्नाउनु मनासिव होला ।
प्रतिक्रिया