सिने चलचित्र भित्रको कथा समेटदै बन्यो “मेरो दिल छ पोखरामा“ ।

इनेप्लिज २०७६ कार्तिक १४ गते ११:०३ मा प्रकाशित

काठमाडौँ , कात्र्तिक १२

बिजि बर्मा फिल्मसको ब्यानरमा नेपाली कथानक चलचित्र “मेरो दिल छ पोखरामा“को अहिले पोष्ट प्रोडक्सन भैरहेको निमार्ण पक्षले बताएको छ । कला राईको प्रस्तुती तथा शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र “मेरो दिल छ पोखरामा“ मा युवा युवती विचको प्रेम र रोमान्सलाई समेटेर चलचित्र बनाएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।

“मेरो दिल छ पोखरामा“को कथा बस्तुमा चलचित्र भित्रकै कथा लाई उठाएको छ। चलचित्र बन्दा के कस्तो हुन्छ कसरी बन्छ चलचित्र केही चिरफार गर्ने प्रयास गरेको छ । यस चलचित्रमा रन्जु रन्जना र राजु पौड्याल , धुव्र सिंह तामाङ,कला राई ,दीपक राई गगां कुवँर, लक्ष्मी श्रेष्ठ ,हेमलता घिमिरे, विशाल सुनुवार को अभिनय रहेको छ ।

गायक सिडि बिजय अधिकारी ,पुष्कर सुनुवार,शंकर अधिकारी घायलको संगीत मा दिपेन्द्र खड्का र घायलको गीत, नित्याशिवा, सिडि बिजय र ममता रानाको स्वर रहेको छ । रामकृष्ण कडेँलको छायाँकन , देव महर्जन को द्वन्द,राजन महर्जन को नृत्य , लक्ष्मण भण्डारी सहायक निर्देशक छन । यहि पौष ११ लाई रिलिज मिति तोकेर धमाधम पोस्ट प्रोडक्सनको काम भैरहेको छ ।

प्रतिक्रिया