अमेरिका आउने बित्तिकै आफ्ना मान्छेलाई ७ वटा जिज्ञाशा राख्न नभुलौ

इनेप्लिज २०७६ कार्तिक १२ गते १:५९ मा प्रकाशित

विजय थापा,वाशिंगटन डिसी । हामी सबैको सपनाको देश अमेरिका हो । अवसरको भूमि अमेरिका यति बिशाल छ यहाँ जति पनि मानिस अटाउन सक्छन । सबैभन्दा रोजाईको र सबैले चाहना गरेको देश नै अमेरिका हो ।

विविधता चिट्ठा अर्थात् डिभी भर्न राहदानी अनिवार्य गरेकोले झन् अमेरिका जान पाइन सक्ने सम्भावना भएकोले अमेरिका प्रति कति मोह रहेछ भन्ने कुरा सामाजिक संजाल र पत्र पत्रिका द्वारा छर्लंग देखिन्छ ।

अमेरिका जसरी आउन पाईएता पनि आफ्ना मान्छेलाई ७ वटा जिज्ञाशा राख्न कहिले नभुलौ । एक पटक यो देशमा आए पछि हत्तपत्त फर्कन मन लाग्दैन । किनभने अमेरिका आएका र आफ्नो पाखुरी चलाएर अमेरिकामा स्थापित भएका मानिसहरु झन् फर्कन सक्दैनन् । स्पष्ट भन्दा जान्छु भन्ने भनाई राखेता पनि विभिन्न कारणले फर्कदैनन ।

न्युनतम भन्दा पनि न्यून मात्र अर्थात् अमेरिकाको कागजात भएकाहरु नगन्य रुपमा मात्र मातृभूमि फर्कन्छन । यो कुराको बिषयमा ज्यादा ब्याख्या गर्ने पर्दैन । सन् २०१७ को एक आँकडा अनुसार करिव एक करोड अनधिकृत आप्रवासीहरु अमेरिकामा छन् जस मध्ये करिव ५० लाख मेक्सिकोका नागरिक मात्र छन् ।

यत्रो बिशाल देशमा नेपालीहरु त्यसै बिलिन्छन् । अर्थात् अमेरिका बस्न चाहने राख्नेको लागि अन्य उपाय हुन्छन । तपाई जसरी आएता पनि जुनसुकै प्रवेशाज्ञा( जुनसुकै भिसा )मा आएता पनि सरसल्लाह गरेमा अमेरिकामा अवसर पाइने सम्भावना धेरै हुन्छ ।

तपाईका छोराछोरी ,बुवाआमा,साथीभाई ,ज्वाई,भिनाजु,साला,ठुलो बुवा ,ठुलो आमा ,ससुरा ,सासु ,मामामाइजु ,भान्जाभान्जी,भतिज ,काकाकाकी,छरछिमेकी आदि जो सुकै भएता पनि एक पटक अमेरिका छिर्न पाउनु भो भने ७ कुराहरु जिज्ञाशा राख्न नभुल्नु होला ।

१ ) अमेरिकामा स्थायी रुपमा बस्ने उपायहरु : अमेरिका आए पछि दुईचार दिन घुमे पछि अमेरिकाले मोहनी लगाई हाल्छ । मनको कुनै कुनामा यो देशमा बस्न पाइयो भने आहा कति राम्रो हुने थियो होला भन्ने मनमा आउन सक्छ । आफू बस्न पाइयो भने आफ्ना सन्तानले पनि मौका पाउने छन् भन्ने मनमा कुरा आउदछ । अनि मनमा कुरा खेल्दछ ।

यसको लागि छोराछोरी ,बुवाआमा,साथीभाई ,ज्वाई,भिनाजु,साला,ठुलो बुवा ,ठुलो आमा ,ससुरा ,सासु ,मामामाइजु ,भान्जाभान्जी,भतिजभतिजी काकाकाकी,छरछिमेकीसंग स्थायी रुपमा अमेरिका मै बस्ने उपाय बारेमा छलफल गर्ने । अमेरिका बस्न मन लागेको छ के गर्ने भनि सल्लाह लिन सकिन्छ ।

अमेरिका आएकाले सबै कुरा बताई दिन्छन । अमेरिकामा यसरी पनि दिनहु अमेरिका आएका मानिसहरु बसोबास गर्दै बर्षौ देखि कमाउदै बसी रहेका र नेपाल पनि पैसा पठाई रहेका हुन्छन । सोध्न लाज मान्नु हुदैन । गम्भीर भएर सोधेमा आफ्नी केही नोक्सान हुदैन । तर एक पटक कुरा चै चलाउदा राम्रो हुन्छ ।

२ ) काम /जागिर खाने ; अमेरिका आए पछि जागिर नखाई बाच्न सकिदैन । आफन्तले धेरै दिन सम्म पाल्न सक्दैनन् । अमेरिकामा काम गर्ने ,काममा जाने या काममा छु भन्ने प्रचलन छ । तसर्थ काम कसरी गर्ने ,कहाँ गर्ने बिषयमा सोध्ने । आखिर लामो समयको बसाई छ भने आफ्ना मानिससंग जागिरको लागि कोसिस गर्नको लागि आग्रह गर्ने । अमेरिकामा कागजात र काम गर्ने अनुमति बिना काम गर्न पाइदैन । अमेरिकामा करोडौ मानिसहरु संगसरकारले काम गर्न सकिने अनुमति नदिएता पनि काम चलि रहेको हुन्छ । अधिकाशंले काम गरि रहेका हुन्छन ।

आफन्तले उपाय बताई दिन सक्छन । तसर्थ अमेरिका आए पछि जागिर अर्थात् काम गर्ने ईच्छा जाहेर गरेमा कुनै न कुनै उपाय निक्लन सक्छ ।

३ ) कानुनी कागजात : अमेरिका एक करोड मानिस संग कानुनी रुपमा बस्ने अनुमति नभएता पनि उनीहरु अनेक उपाय गरि कानुनी रुपमा अमेरिका बस्ने र स्थायी कागजात बनाउने चक्करमा हुन्छन । यसरी चक्कर नकाटी भाग्य खुल्दैन । अनेक उपाय गरे पछि करोडौले अमेरिका स्थायी रुपले बस्ने अवसर पाएका छन् । बिबिधता चिट्ठा ,पारिवारिक बोलावट ( सौजन्यता ) अर्थात् फ्यामिली स्पोन्सरशिप बाट अमेरिका आएका अतिरिक्त तपाई जसरी आएता पनि यस्तो बनाउने उपाय बिषयमा मस्तिस्क मन्थन गर्दा केही बिग्रिदैन । म अमेरिका बस्न चाहन्छु र कागजात कसरी बनाउन सकिएला भनि आफ्ना मान्छेलाई जिज्ञाशा राख्दा कुनै हानी हुदैन ।

४ ) शीप अनिवार्यता : अमेरिकामा शीप भएकाले छिटै काम पाउदछ्न । अनिवार्य रुपमा शीप सिकेर आएमा अमेरिकामा दुख पाइदैन । तपाई संग कानुनी रुपमा बस्ने र स्थायी रुपमा बस्ने सबै चिज छ भने अझ सुनमा सुगन्ध हुने छ । मानौ ,तपाई संग काम गर्ने अनुमति समेत छैन भनेता पनि केही न केही बिकल्प हुन् सक्ने छन् । किनभने अमेरिका आएका तपाईका अनेक साथीहरु यसै गरि स्थायी रुपमा बसेर मज्जाले कमाएर ,नेपालमबाट आफ्ना सन्तानलाई बोलाएर ,केही परिवारहरु ३ पुस्ता सम्म अमेरिका मै बसोबास गर्ने अवस्था पनि छ ।

अमेरिकमा आफ्ना मानिसलाई कुन शीप भएमा म सरल रुपमा जीवन यापन गर्न सक्छु भन्ने सोध्नु राम्रो हुन्छ । नजानेको कारण र कसैको सरसल्लाह न पाएका मानिसहरु पटक पटक जागिर परिवर्तन गर्नु पर्ने बाध्यता पनि हुन्छ । तपाई संग शीप छ र दक्ष हुनु हुन्छ भने अमेरिकामा मानिस बाच्न सजिलोसंग सक्ने छन् ।

५ )अमेरिकाको कानुन जान्नु पर्ने : अमेरिका आए पछि सबै भन्दा जान्नु पर्ने कुराहरु यहाको कानुन हो । सबै कुरा आउन साथ सिकिदैन । काम गर्न अनुमति नपाएका र कागजात भएकाले अझ सावधान हुनु पर्छ ।

आफ्ना संग आउने बित्तिकै यस बिषयमा सोधपुछ गर्नु पर्छ । घरमा बस्दा ,बाहिर जाँदा ,हिड्दा आदि ईत्यादिमा निकै चनाखो हुनु पर्छ ।

उदाहरणको लागि अमेरिका नया आउनु भएको छ र घुम्न जाने भन्दैमा अर्को घर राम्रो लागेमा टोलाएर हेरेमा मात्र शंका लागेमा छिमेकीले प्रहरी बोलाई दिन्छन । अर्को उदारहण ,नेपालमा गाडी कुदाएको छ भन्दैमा नेपाल कै अनुमति चालकपत्र लिई एकै छिन आफ्नै क्षेत्र भित्र कुदाउछु भन्न पनि पाइदैन । समात्यो भने कारवाही हुन्छ र भर्खर आएकालाई धब्बा लाग्छ र बिनाकारण कानुनमा फसिने छ ।

६ ) घर भित्रका उपकरण/यान्त्रिक प्रयोग बारेमा ज्ञान लिने : अमेरिका अस्थायी या स्थायी रुपमा आएका सबैले अमेरिकाका घरमा प्रयोग हुने बिधुतिय उपकरण तथा यन्त्र चलाउन बारेमा ध्यान दिएर सिक्नु पर्ने अनिवार्यता हुन्छ । सानो हेलचेक्राईले ठूलो नोक्सान हुने हुन्छ । अमेरिकामा भएका र जडान गरिएका सबै चिज स्वचालित हुन्छ ।

भान्सामा पकाउने चिज सबै जमिन मुनी (भूमिगत)रुपमा जडान भएका हुन्छन । सानो गल्तीले ठूलो संकट निम्त्याईने पनि हुन्छ । उदाहरणको लागि नेपाल बाट भर्खर आएकालाई चिया उम्ले पछि त्यो पकाउने इन्धन चूलो (ग्यास स्टोभ)मा धुवा आएमा छत माथि जडान गरिएको धुवा संसूचक(स्मोक डिटेक्टर )कराउछ ।अग्नि नियन्त्रक (दमकल )तथा प्रहरी पनि आउन सक्छ । लुगा धुने यन्त्रमा नजानेको कारण थोरै लुगा हाल्नु पर्नेमा धेरै लुगाहरु धुने कोसिस गर्दा लुगा धुने यन्त्र (मेसिन) ले सारा घर हल्लाउछ । यस्तो अस्वस्थामा ठूलो दुर्दशा पनि हुन् सक्छ ।

तसर्थ आफैले यस्ता कुराहरुको ज्ञान लिनु पर्छ । तपाई प्रारम्भमा अरुको घरमा बसे पनि स्थायी रुपले बस्न पाउनु भयो भने यस्ता कुराहरु जान्ने पर्छ ।

७ ) अमेरिकन शिष्टचार सिकाई माग्ने : यो पंक्तिकारले यस्ता बिषयमा पटक पटक कलम चलाई रहेको हुन्छ । उदाहरणको लागि हामी बिधुतिय भर्यांग ( लिफ्ट) चढ्ने शिष्टचार,हामीलाई अमेरिकामा हाछियु गर्न पनि आउदैन ,ढोका थुन्न पनि जान्दैनौ र भात खाए पछि कहा चुठ्ने हो भन्ने पनि ज्ञान छैन भन्ने बिषयमा प्रसस्त लेख ईनेप्लिज मार्फत प्रकशित भएका छन् ।

नेपालबाट भर्खर आएकाले यस्ता शिष्टचार अपरिहार्य रुपमा जान्ने कोसिस गर्नु पर्छ । दुईचार दिनको लागि पाहुना मात्र हो भने अलग कुरा हुन्छ । तर अमेरिकामा खुट्टा टेके पछि र स्थायी रुपले बस्ने योजना हुन् सकेमा यस्ता कुराहरुले ठूलो माने राख्दछ ।

अमेरिकामा आफ्ना घर परिवारमा सानोलाई पनि धन्यबाद,स्वागतम ,राम्रो ,प्रशंसनीय आदी कुराहरु भन्नु पर्छ । अमेरिकामा झन् बिदेशीहरु संग शिष्टचार को ज्यादा महत्व हुन्छ । आफ्ना छोराछोरी ,बुवाआमा,साथीभाई ,ज्वाई,भिनाजु,साला,ठुलो बुवा ,ठुलो आमा ,ससुरा ,सासु ,मामामाइजु ,भान्जाभान्जी,भतिजभतिजी काकाकाकी,नेपालका छरछिमेकीसंग पनि यस बिषयमा हामीलाई सिकाई दिनु भन्ने गाह्रो मान्नु हुदैन ।

यसैमा हाम्रो भलाई हुन्छ । बिरानो देशमा आए पछि हामीले यस्ता कुरामा ध्यान दिऔ भने हामीलाई लाभ हुन्छ हानी कदापी हुदैन ।

प्रतिक्रिया