पर्वतमा संसारकै अग्लो बञ्जीजम्प यसरी बन्दैछ, कालिगण्डकी हेर्दा आङ नै सिरिङ्ग हुने

इनेप्लिज २०७६ कार्तिक ११ गते १०:३९ मा प्रकाशित

पर्वतमा निर्माण भईरहेको बन्जीजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विश्वकै दोस्रो अग्लो बन्जीजम्प दावी गरिएको बन्जीजम्प माघ महिना सम्ममा संचालनमा ल्याउने तयारीमा निर्माण कम्पनी रहेको छ ।

कालीगण्डकीको खोंच पर्वतको कुश्मा र बागलुङको बलेवालाई ५ सय २० मिटर लामो झोलुंगोमा जोडेर त्यसैमा बन्जीजम्प निर्माण भईरहेको छ । बन्जीजमको उचाई २ सय २८ मिटर हुनेछ । बन्जीजम्पका साथै स्काई साइक्लिङ र स्वीङ पनि निर्माण हुनेछ । नेपाली र विदेशीका करिब १२ करोड रुपैयाँ लगानीमा निर्माण भएको हो । यसको निर्माणको जिम्मा प्यारामाउन्ट कन्स्ट्रक्सनले लिएको छ ।

हेर्नुहोस पर्वतमा बन्दै गरेको बञ्जीजम्पको बारेमा थप जानकारी ।

प्रतिक्रिया