अमेरिका आए पछि चुठ्न पनि जान्नु पर्ने

विजय थापा २०७६ कार्तिक १० गते १९:४९ मा प्रकाशित

विजय थापा,डिसी । अमेरिका आए पछि जीवन भर सिक्न पाईन्छ । नेपालमा हामीले धेरै कुरा सिकेका छौ । तर अमेरिका आए पछि लाटो पनि हुईञ्छ । ग्वाजे जस्तो पनि आफूलाई लाग्दछ ।

भनिन्छ मानिसले जीवन भर सिक्दछ । सिक्नु पर्छ ,कुनै पनि मानिसको लागि सिक्ने कुरा भनेको नया नै हुन्छ । नेपालमा जति नै बर्ष भएता पनि जति नै उमेर भएता पनि अमेरिका आए पछि हरेक कुरा सिक्दा झर्को जस्तो पनि लाग्छ ।

तर झर्को र फर्को गरेमा आफू निकै पछाडी परिन्छ । पढे लेखेकालाई सोध्नु भयो भने कुनै पनि विधामा उनीहरुको जवाफ भर्खर सिक्दैछु भनि उत्तर दिन्छन । मलाई आउछ र जान्दछु भन्ने गरेमा घमण्ड जस्तो लाग्न सक्छ ।

अमेरिका स्थायी रुपमा बसोबास गर्न आईएको छ भने अनगिन्ती कुराहरु सिक्नु पर्ने हुन्छ । तर अन्य जटिल कुराहरु बिस्तारै सकिने पनि हुन्छ । तर दैनिक जीवनका कुराहरु छिटो सिक्नु पर्छ । नत्र अप्ठ्यारोमा परिन्छ । जिल्ल परिन्छ र आफूलाई हिनताबोध जस्तो हुन् सक्छ ।

अमेरिका र नेपालमा शिष्टचारका शब्द र शिष्टचार व्यवहारमा फरक हुन्छन । यस्ता कुराहरु जान्नु अति आवश्यक हुन्छ । अमेरिका आए पछि आफ्ना मानिसलाई लाज नमानी म जान्दिन मलाई सिकाई दिनु स्पष्ट रुपले भन्न सक्नु पर्छ ।

त्यसैमा हाम्रो भलो हुन्छ । थुप्रै कुराहरु सिक्नु पर्ने भएता पनि हामीले खानपिन गरे पछि कहिलेकाही हामी लाजमर्दो हुन् पर्ने स्थिति पनि आउछ । किनभने खाना खादा आवाज कसरी ननिकाल्ने ,खाना खाए पछि कहा चुठ्ने ,कसरी चुठ्ने आदी कुरामा हामीमा ज्ञान भएता पनि अमेरिकामा हामी कहिलेकाही चुक्दछौ ।

अमेरिका नया आएकाहरुका लागि जान्न जरुरी हुन्छ । किनभने हामी नेपालमा कहाँ हात धुने ,चुठ्ने र कसरी चुठ्ने भन्ने कुरामा पनि हामीलाई पूरा ज्ञान नहुन सक्छ ।

नेपालबाट अमेरिका आएका र थाहा हुने र ज्ञान भएकालाई सिकाई रहनु नपर्ला तर कहिलेकाही झन् कार्यस्थलमा निकै अरुलाई असहज परिस्थिति बनाई दिन्छ । हामी खाना खाए पछि किचेन सिङ्क फसिट (भान्छाको पानीको नली )मा पनि ताल पर्यो भने चुठ्ने प्रयास गर्छौ ।

जुन चिजलाई अमेरिकामा राम्रो मानिदैन । यसलाई चोखो र पवित्र रुप मान्ने हुनाले कसैले त्यहाँ खाना खाएर जुठो हात धुनले र चुठ्ने समेत गर्ने गर्छन । अमेरिका आए पछि नजानेर त्यसो गरिन्छ । हामी कसैले गरेका छैनौ भने अति उत्तम । नयाँ आउने जो कोहीलाई पनि सिकाई दिनु पर्छ । बिशेष गरि हाम्रा बृद्ध भएका बुवाआमा ,हजुरआमाहरुलाई सिकाई दिनु पर्छ ।

घरमा भात खाएर भान्छा मै हात धुने कदापी गर्नु हुदैन । असभ्य मानिन्छ । मुख कुल्ला पनि कदापी गनु हुदैन । त्यहाँ थुक्नु पनि हुदैन । हामीले यस्ता कुराहरु नसिकेको कारण हामीलाई अलिकति सिक्न समय लाग्ने हुन्छ ।

अमेरीका आउने बित्तिकै के नियम छ । कसरी गर्ने आदि कुराहरु सोध्नु पर्छ । घरमा दिवा भोजन या रात्री भोजन या कुनै खाना खाँदा यसरी भान्छा मै हात चुठ्ने र धुने गरेमा त कुरा बिग्रने छैन तर कार्यस्थलमा यस्तो गरेमा जागिर जाने पनि सम्भावना हुन्छ । कसैले दिवा भोजन गरेर कार्यालयको खाना खाने सामूहिक भोजनालयको धारामा चुठेको देखेमा र उजुरी गरेमा जागिर जान पनि सक्ने हुन्छ । झुक्किएर पनि त्यसो गर्नु हुदैन । नयाँहरुका लागि निकै शिक्षाप्रद हुन् सक्छ । हामी त्यसो नगरेता पनि नयाँ आएकालाई सावधान गराई जानकारी दिंदा नराम्रो हुदैन । अमेरिकामा नजानेको कुरा सिक्नु पर्छ ।

यस्ता घटनाहरु घट्ने गर्छन । बिशेष गरि यस्ता कुरामा बिकशित देश बाहेक अन्य देश बाट आएकाहरुलाई अमेरिकाका प्रारम्भिक शिष्टचारहरुका बारेमा ज्ञान नहुन पनि सक्छ ।

आफ्ना कार्यालयमा खाना खाए पछि भारतीय मूलका ,पाकिस्तानी ,भियतनामी आदि देशका नागरिकले यस्ता हर्कत गरेको यो पंक्तिकार प्रत्यक्षदर्शी हो । कैयौ पटक यस्तो देख्नु पर्छ तर अमेरिका आए पछि सिक्नु र जान्नु पर्ने भएता पनि बेवास्ता गरेको कारण अन्य हेर्नेलाई असहज लाग्न सक्छ ।

यो ठूलो कुरा हुदै हैन । कुरा सानो हो तर आफू पहिले नै यस बिषयमा जानकार भए कसैको पनि मजाक या खिसीको पात्र कहिले हुनु पर्दैन । घरमा जे गरेता पनि काम गर्ने स्थलमा भने यस्ता कुराहरु जाने राम्रो ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया