कठै! डायलसिस गर्ने पैसा समेत नभएर हस्पिटल छोड्नुपर्ने यो दर्दनाक पीडा! पाटन अस्पतालको सैयामा छटपटाई रहेका यी राजु पाख्रिन हुन्। नुवाकोट जिल्ला सूर्यगढी गाऊँ पालिका वडा नं २ कुवापानी स्थायी घर भई,हाल पाटन अस्पतालमा उपचाररत दुवै मृगौला पिडित राजु पाख्रिनको दर्दनाक भिडियो ।
२०६३ सालमा वैदेशिक रोजगारीका सिलसिलामा राजु मलेशिया गएका थिए,उनले काम गर्ने कम्पनी राम्रो नभएका कारण उनले मलेशियामा लुकेर चार वर्ष काम गरेको ऊनी बताउँछन्।मलेशियाकै हस्पिटलमा चेक गराउँदा फोक्सोमा पानी जमेको रिपोर्ट आएपछि दिन् प्रतिदिन झनै गाह्रो हुनथाल्यो।पाख्रिन साथीहरुको सहयोगमा नेपाल आएका थिए।
भर्खरै मात्र पाटन अस्पतालमा भर्ना भएका पाख्रिनको डाक्टरहरुले दूवै मृगौला फेल भएको प्रमाणित गरीदिएपछि अहिले यो परिवारमा ठूलो बज्रपात परेको छ।उनको एक नावालक छोरी र बृद्ध आमा मात्र साथमा छन्।जीवन संगीनीले पनि साथ छोडेको तीतो यथार्थलाई सम्झेर ऊनी भक्कानिए।अहिले उनको पाटन अस्पतालमा डायलसिस भईरहेको छ।
आर्थिक अभावका कारण हस्पिटलमा बस्न गाह्रो भएको कुरा उनका परिवारले सुनाउँदा मेरो पनि मन थामीएन।जीवन र मृत्युको मुखमा अझैपनि बाँच्ने आशा बोकेर अस्पतालको सैयामा छटपटाई रहेका राजुलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क:-दाजु चन्द्र पाख्रिन 9813591323 भाउजु लक्ष्मी पाख्रिन 9841209862 र प्रत्यक्ष पिडितलाई नै सहयोग गर्न चाहनुहुन्छ भने तल फोटोमा खाता नम्बर पनि उपलब्ध हामीले गराएका छौ।
पुरा भिडियो हेर्नुहोस :
प्रतिक्रिया