यस्तो छ तिहारको महत्व ! काग तिहार देखि भाइ टिकासम्म कसरी पुजा गर्ने ? यमदिप दान गर्दा हुन्छ यस्तो फाइदा

इनेप्लिज २०७६ कार्तिक ९ गते ३:४१ मा प्रकाशित

यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भए पनि काग तिहार भने शनिबार मनाइँदै छ ।

त्रयोदशी तिथिको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिबारलाई निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने चलन छ । कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ ।

यसैगरी लक्ष्मीस्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार बेलुकी नै मनाइँदै छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

यसै विषयमा हामीले यहाँहरुलाई तिहारको महत्व र काग तिहार देखि भाइ टिकासम्म कसरी पुजा गर्ने भन्ने विषय प्रस्तुत गर्दै छौँ । साथै यस भिडियोमा यहाँहरुले यमदिप दान गर्दा कस्तो फाइदा हुन्छ भन्ने जानकारी पनि पाउन सक्नुहुनेछ ।

प्रतिक्रिया