रजिता लामिछानेको पहिलो गीत परलै मन पर्‍यो सार्वजनिक (भिडियो सहित )

इनेप्लिज २०७६ कार्तिक ८ गते २२:२९ मा प्रकाशित

काठमाडौं, पछिल्लो चरणमा नेपाली संगीत क्षेत्रमा नयाँ कलाकारहरुको आगमन बढ्दो छ । संगीत क्षेत्रमै पनि धेरैको रुचि गायनमा रहँदै आएको छ । कतिले रियालिटि शोको माध्यमहरुबाट आफुलाई अगाडि बढाईरहेका छन् भने कतिले आफैलेनै गीतहरु रेकर्ड गरेर श्रोता दर्शकसामू आफु र आफ्नो कलालाई पु¥याईरहेका छन् ।

यसै क्रममा नवगायिका रजिता लामिछानेले पनि आफ्नो पहिलो गीत परलै मन प¥यो बजारमा ल्याएकी छिन् । एक्का कम्पनीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा शव्द, संगीत राज कुमारको , एरेञ्ज संजय हमालको रहको छ भने गीतको गिटारिष्टमा संजीव वराईली ,रेकर्डिष्टमा अजय सिंह कार्की, मिक्सिङमा चन्द्र चौधरीको रहेका छन ।

कला क्षेत्रमा लाग्नको लागि कमै अभिभावकहरुले आफ्ना छोराछोरीलाई प्रेरित गर्दछन् तर रजिताका बुवा रामचन्द्र लामिछानेले भने छोरीलाई उनको रुचि अनुसार संगीत सिक्न , गीत रेकर्डिङ गर्न आफुले सक्दो सहयोग गर्दै आएका छन् । सफलता असफलता आफ्नो ठाउँमा छ तर संगीतको अध्ययन महत्वपुर्ण हुन्छ भनेर बुवा रामचन्द्रले छोरीलाई विगत लामो समयदेखि डोरमी संगीत पाठशालामा संगीत अध्यापन गराईरहेका छन् ।

चर्चित संगीतकार अनि संगीत गुरु भानुभक्त ढकालसँग संगीत सिकिरहेकी रजिता आगामी दिनमा पनि संगीत अध्ययनलाई निरन्तरता दिने बताउँछिन् । गीत सार्वजनिक भएसँगै साथीभाई, आफन्त अनि शुभचिन्तकहरुबाट पाएको प्रतिक्रियाले आफुमा हौसला आएको अनि केहि कमी कमजोरीहरु भए आगामि दिनमा सच्याँउदै लैजाने रजिता बताउँछिन् ।

प्राय चलेका कलाकारहरुले गाएका र चलेका कलाकारहरुले खेलेका अनि लाखौ रकम बुस्ट गरेर प्रमोसन गरिएका गीतहरु मात्र श्रोता दर्शकले हेरि र सुनिदिनाले नयाँ कलाकारहरुले निकालेका राम्रा गीतहरुले पनि भनेजस्तो सफलता नपाईरहेको हुदाँ नयाँ कलाकारहरुलाई पनि सपोर्ट गरिदिनुहुन र गीत संगीत हेरिदिनु सुनिदिनुहुन रजिता आग्रह गर्दछिन् ।

प्रतिक्रिया