बजेट माथी लाउने डाेजर मान्छे माथी

अर्जुन राज पन्त २०७६ कार्तिक ७ गते ३:०२ मा प्रकाशित

डाेजर काण्ड

जनप्रतिनिधि भनम् कि खै डाेजरका साहु
पेशा सङ्ग मिल्ने गरि फेरदिउ बरु नाउ

न छ कुनै मापदण्ड न बिज्ञकाे राय
बस्ति सारा कुरुप पार्दै आफ्नै डाेजर लाए

बर्षा अघि बर्षा पछि आफ्नै डाेजर लायाे
हिसाब मिलाइ भाकाे बजेट सबै आफै खायाे ।

न कसैकाे निगरानी न त छानबिन कुनै
आफ्नै आदेश आफ्नै बजेट डाेजर मालिक उनै

मितब्ययीता दुरदर्शीता हुनु पर्ने ठाउँमा
बजेट सक्न आफ्नै डाेजर लिइ आउछन् गाँउमा

तालुकदार र ठेकेदार नि एउटै व्यक्ति भा छ
भा काे बजेट क्वाप्पै खान आफ्नै डाेजर ला छ ।

आफ्नै वजेट आफ्नै डाेजर आफै गर्ने हिसाब
आफै बाेक्सि आफै धामी अचम्मैको निसाफ ।

चुनाबमा भा काे खर्च उठाउनलाई भनि
फेरि आउने चुनाबलाइ जम्मा पार्न पनि

बाटाे ल्याउछु भनिकन डाेजर प्रयोग गरि
दाेहाेर्याएर आफ्नै डाेजर लगाइ घरि घरि

बाटामाथि लाउने डाेजर लगाइ बजेट माथि
भा काे बजेट सबै खा छ जाेड्दै नाना भाँति

गाउँकाे बाटाे भन्दा पनि उसकाे बाटाे बन्छ
सबै बजेट आफै खान्छ बिकास भयाे भन्छ ।

बजेटमाथि लाउने डाेजर हरे कठै आज
गाँउलेमाथि लगाए छन त्यहि बस्तिका माँझ

सुनेकाे थिए भिंड हटाउन डाेजर ला काे पहिले

अनुकरण गर्याै कि खै त्यहि कुराकाे अहिले ?

 

 

 

 

 

 

 

 

अर्जुन राज पन्त

(कवि पन्त ब्यङ्ग्य काव्य ” काेइली”का लेखक हुन)

प्रतिक्रिया