भानुका मेयरले खुलाए चितुवा मार्न नसक्नुको कारण, चितुवा मार्न जंगलभरी पासो (स्थलगत)

इनेप्लिज २०७६ कार्तिक ७ गते ०:०७ मा प्रकाशित

पछिल्लो समय भानु नगरपालिका तनहुँमा मान्छे खाने नरभक्षी चितुवाको त्रास झन बढ्दै छ । दिनानुदिन चितुवा देखा पर्छ, मानिसहरु घाईते भईरहको छन् । बिगत दुई बर्ष देखी पाँच जना बालबालीकाको ज्यान लिएको छ चितुवाले भने चार जना घाईते बनाएको छ । जनताहरुमा त्रास झन बढिरहेको छ तर पनि नगरपालिकाले चालेको सबै कदमहरु काम नलाग्ने भएका छन् ।

दशैको टीका कै दिन चार बर्षिया बालक आशिक बानियाँको ज्यान लिएको चितुवाले फेरी सोनिया अच्छामी माथी आक्रमण गरेर घाईते बनाएको छ । जंगलभरी चितुवा पार्नको लागी पासो थापिएको छ भने खोर समेत बनाईएको छ । बाख्रा समेत बाँधेर राखिएको छ तर पनि मान्छे खाने चितुवा फेला परेको छैन । पछिल्लो समय चितुवाले कुखुरा समेत खान थालेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया