“ठिक छ ठिक छ” भन्दै आए र्यापर भरत समारी(भिडियो सहित)

इनेप्लिज २०७६ कार्तिक ३ गते ४:०० मा प्रकाशित

काठमाडौं । र्यापर तथा हिप-पप गायक भरत समारीको नयाँ गित “ठिक छ ठिक छ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित र्याप गित तथा अन्य गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किसकेका गायक पछिल्लो समय चर्चामा रहेका छन । उनि अहिले विभिन्न महोत्सब तथा विदेशको कार्यक्रममा समेत ब्यस्त बन्दै गएका छन् ।

शब्द संगीत गायक भरत समारिको नै रहेको यस गीतको म्युजिक भिडियोमा समेत गायक आफैले अभिनय गरेका छन् । ‘”ठिक छ ठिक छ” मा भरत समारी संगै एलिशा आरएल थापा, रोहिनी श्रेष्ठ, रोहन श्रेष्ठ, रोहन खत्री, मायुल जोशी, आकाश गिरि, बिपिना बल तामाङको अभिनय रहेको छ । देब थापाले छायांकन गरेको सार्बजनिक म्युजिक भिडियोलाइ ध्रुब बिस्कोले निर्देशन गरेका हुन् । सांगीतिक क्षेत्रमा लागेर चर्चाको शिखरमा पाइला टेक्दै गरेका भरत समारिको अन्य नयाँ नयाँ सांगीतिक कोसेली समेत आउने क्रममा छ । भिडियो हेर्नुहोस :

प्रतिक्रिया