फ्राईडे सोलो रिलिज: चलचित्र ‘लक्ष्मी रानी’ सुखद ओपनिङ

इनेप्लिज २०७६ कार्तिक १ गते ११:०६ मा प्रकाशित

काठमाडौं : नायिका निर्मात्री तथा लेखक शुभेच्छा थापाद्वारा निर्देशित चलचित्रत्र ‘लक्ष्मी रानी’ आज कात्तिक १ गते देखि देशभरका सिनेमा घरमा एकैसाथ प्रर्दशन सुरु भएको छ । सुरुको दिनमानै सुखद ओपनिङ गरेको चलचित्र “लक्ष्मी रानी” लाइ दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् । नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’ दर्शकहरुको रोजाइमा पर्नेमा निर्देशक थापा ढुक्क छिन ।

शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्र देशका दुर्गमदेखि सुगम क्षेत्रमा छायाँकन गरिएको फिल्म हो । चर्चित पत्रकार विनोद त्रिपाठी यो चलचित्रका परिकल्पनाकार हुन् । यो चलचित्र बिशुद्ध नेपाली नारीको अबस्था र सामाजिक परिवेशमा आधारित छ । ‘लक्ष्मी रानी’ चलचित्र नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो । उनले यस अघि दर्जन भन्दा बढि चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भुमिका निर्वाह गरिसकेकी छिन् ।

यो चलचित्रमा एउटा नारीले कसरी गाउँले जिवनयापनदेखि शहरिया शैलीलाई पछ्याएर जिन्दगी बिताउनका लागि संघर्ष गर्नुपरेको छ भन्ने देखाउने प्रयास गरिएको छ । द्वन्द्व, मनमुटाव, संघर्ष, गरिबी, शिक्षा र सफलतालाई यो चलचित्रको कथामा मुख्य जोड दिइएको निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वंय थापाले गरेकी हुन् ।

‘लक्ष्मी रानी’ मा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ । नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भुमिका छ । अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरी लगायत रहेका छन् । चलचित्रमा ‘लक्ष्मी रानी लाई ‘.’ भन्ने वोलको शिर्ष गित रहेको छ । यसमा गायिका तथा गायकमा जुनु रिजाल–दौलत राई र गितकार लोक राई रहेका छन् । अर्को ‘फुल्यो सयपत्री‘. ’ भन्ने वोलको गितमा गायक गायिका ध्रुबराज अधिकारीरसंगिता तिमिल्सेना र गितकार शंकर अधिकारी ‘घायल’ रहेका छन् । दुवै गितमा चर्चित युबा संगितकार बबुल गिरीको संगित रहेको छ । चलचित्रलाई रामेश्वर हुमागाईं , दुर्गा वान्तवा राई र बासु न्यौपानेले छायाँकन गरेका छन् ।

सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ । चलचित्र बितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रा.लिले जिम्मा लिएको छ । दिपावली २०७६ सालको तिहारको पूर्व सन्ध्यामा मा प्रर्दशनमा आएको चलचित्र “लक्ष्मी रानी” सबैले मन पराएकोमा निर्देशक थापा दङ्ग छिन ।

‘लक्ष्मी रानी’ चलचित्रको सुदुरपश्चिमको दार्चुला, नेपालगञ्ज, चितवनको सौराहा, भैरहवा, काभ्रेको पनौती र काठमाडौंमा सुटिङ गरिएको छ। यो चलचित्रमा हाम्रो समाजमा नारीहरुले जिवन जिउनका लागि कसरी संघर्ष गर्नु परेको छ भन्ने देखाउन खोजिएकोले सम्पुर्ण नेपाली दर्शकलाई ‘लक्ष्मी रानी’ मनपर्ने निर्देशक थापाले दाबी गरिन् ।

प्रतिक्रिया