हेर्दै अचम्म, माटो विना पानीमा तरकारी खेती ! घरको छतमै घना जंगल !

इनेप्लिज २०७६ कार्तिक १ गते १०:१४ मा प्रकाशित

 

स्याङजाका एक ब्याक्तिले पानी र गिटीमा तरकारी खेती गरेर सवैलाई अचम्म पारेका छन। माटोमा मात्र तरकारी खेती गरेको देखेका हामीलाई यो कुरा सुन्दैमा पनि अचम्म लाग्छ। तर स्याङजा गल्याङ ३ तल्लो गल्याङका ४० वर्षिय ओम थापाले भने पानी र गिटीमा आक्वापोनिक्स बिधीबाट माछा र तरकारी खेती गरेर अचम्मित पारेका छन। थापाले ५ आना जग्गामा रहेको आफ्नो घरको अण्डर ग्राउण्डमा ५ वटा पोखरी निर्माण गरी माछा पालेका छनभने घरको छतमा गिटी र पाइपमा तरकारी खेतीको शुरुवात गरी सवैलाई अच्चम पारेका छन।

गिटी, थर्मोकल र पाइपमा पानीमाथी गरिने यो खेतीलाई आक्वापोनिक्स प्रविधीको खेती भनिने थापाले बताए। अर्गानिक उन्मुख, विषादी रहित तरिकाको यो खेती थापाले यु ट्युव हेरेर सिको गरी ब्यवहारमा उतारेको बताएका छन्।बिना माटो पानी र गिटीमा गरिने खेती हाइड्रोपोनिक्स र एरोपोनिक्स बिधीबाट यो खेती गर्न सकिने भएतापनि थापाले आक्वापोनिक्स बिधीको खेतीको सुरुवात गरेका हुन।

यो खेतीको सुरुवातमा थापाले घरको अण्डरग्राउण्डमा रोहु, नैनी, कमन कार्प, ग्रास कार्प जातका माछा पालन गरिरहेका छनभने छतमा गिटी, थर्मोकल र पाइपमा काउली बन्दा,साग , टमाटर, स्ट्रवेरी , आलु, पुदिना लगायतका तरकारीहरु लगाएका छन। थापाले माछा पालेको पोखरीको पानी दुइवटा मोटरको सहायताले छतमा रहेको गिटी, थर्मोकल र पाइपमा लगाउने गरेका छन।

प्रतिक्रिया