एनआरएनएको निर्वाचन सम्पन्न, मतपरिणाम आजै आउने

इनेप्लिज २०७६ असोज ३० गते १४:११ मा प्रकाशित

३० असोज, काठमाडौँ । गैरआवासीय नेपाली संघको मतदान प्रक्रिया सम्पन्न भएको छ । मतदानमा करिब ९२ प्रतिशत अर्थात् २३४४ ले मतदान गरेका छन् । जसमध्ये युरोपबाट ९२०, अफ्रिकाबाट १६, मिडलइष्टबाट ४७०, एशिया प्यासेफिकबाट ४६२, अमेरिकाबाट २६१, ओसिनियाबाट २१५ गरी २३४४ मत खसेको हो । कूल मतदाता २५७० जना रहेका थिए ।

मतदान प्रक्रिया सकिएलगत्तै अहिले मुचुल्का उठाउने काम भइरहेको छ । गणना आजै हुने र समापन समारोह भोलि बिहान (शुक्रबार) हुने बताइएको छ ।

मंगलबारबाट सुरु भएको एनआरएनएको नवौँ विश्व सम्मेलनमा जारी छ । कार्यक्रम तालिका अनुसार आज अर्थात् बिहिबार समापन कार्यक्रम हुनु पर्नेमा बुधबारको मतदान कार्यक्रम प्रभावित हुँदा आज दिनभर मतदानमै बितेको छ । बिहान १० बजेबाट सुरु भएको मतदान अहिले साँझ मात्र सम्पन्न भएको छ।

स्रोत : संसारन्यूज डटकम

 

 

 

प्रतिक्रिया