कोमल गजल :-

इनेप्लिज २०७६ असोज ३० गते १०:५० मा प्रकाशित

प्रवासले लुटे सबै खुसी
नझाङ्गिदै टुटे सबै खुसी

थचारिए प्रकल्पनाहरू
अप्राप्यमा जुटे सबै खुसी

डुबेछ जिन्दगी अन्योलमा
अत्यासले भुटे सबै खुसी

छियाछिया छ बेसरी मन
सिसासरी फुटे सबै खुसी

न आस पूर्ण भो न चाहना
विषादले चुटे सबै खुसी

मुहारमा छ खिन्नता सधैँ
स्वदेशमै छुटे सबै खुसी

(ज र ज गु)
विश्रामम ४/४ अक्षर

-कोमल भट्ट
च.न.पा -१३
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

प्रतिक्रिया