इनास अवार्ड-२०७६ सम्पन्न सुरेन्द्र महर्जन इनास सम्मानबाट सम्मानित

इनेप्लिज २०७६ असोज २९ गते १:०८ मा प्रकाशित

 

नेपाल बाहिर छरिएर रहेको नेपाली कलाकारहरूले स्थापना गरिएको छैटौं इनास फिल्म अवार्ड-२०१९ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले कवि, गीतकार एवं साहित्यकार  सुरेन्द्र महर्जन अमर लाई युवा साहित्य सम्मानद्वारा सम्मानित गरेको छ । (नेपाली गीत, संगीत, साहित्य र चित्रकारीता) का सदाबहार गायिका मिरा राणा तथा इनासका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदमा आसिन व्यक्तिहरूबाट सामूहिक रूपमा साहित्यकार सुरेन्द्र महर्जन ”अमर” लाई इनास अवार्ड कार्यक्रममा सम्मानित गरिएको हो ।

उक्त कार्यक्रम राजधानीको प्रज्ञा प्रतिस्थानमा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार निर शाह को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने अग्रज संगीतकार रणजित गजमेर लाई उक्त इनास अवार्ड-२०७६ कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड-२०७६ बाट सम्मानित गरिएको थियो । रोमान्टिक नायक यसराज गराच , ग्लामरस नायिका प्रियंका कार्की को समूहको नृत्य तथा यम बराल, नलिना चित्रकार आदिको सांगीतिक प्रस्तुतिले सो कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो । ७० देशहरूमा आफ्नो शाखा रहेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले यो अवार्ड कार्यक्रम तथा सम्मान कार्यक्रम आउने दिनहरूमा अझै सफलताका साथ सम्पन्न गर्दै जाने संस्थापक अध्यक्ष पुष्प बरुवालले जानकारी गराएको छ ।

 

प्रतिक्रिया