अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

इनेप्लिज २०७६ असोज २५ गते १०:५६ मा प्रकाशित

 

पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी बिभिन्न प्रजातिका कुखुराहरु पालेर त्यसको अनुसन्धानका साथै व्यवसाय पनि गर्दै आएका छन् । हजारौं कुखुराहरुमाथी राजेन्द्र अधिकारीले अनुसन्धान गरिरहेका छन् । नेपालमा पाईने र पाल्न मिल्ने सबै प्रकारका कुखुराहरु उनको फार्म भेट्न सकिन्छ ।

यति मात्र होईन १६ बर्ष सम्मको बुढो भाले समेत उनको फर्ममा छ । उक्त भालेलाई तीनलाख पाउँदा पनि उनले बेचेनन् । उनको कृषि फर्ममा चितुवा घुमिरहन्छन् तर पनि कुखुरालाई केही गर्दैनन् । सानोमा चितुवाका बच्चा हुर्काएकोले फार्ममा बेला बेलामा चितुवा आउने र केही नगर्ने दिए खाने नत्र जाने गरेको उनले खुलासा गरे । राती कसैले कुखुरा चोर्ने आँट गर्नै सक्दैेनन् किनकी चितुवा कतिबेला आउँछ कसैलाई थाहा नै हुँदैन ।

देशमा केही गरौं भन्ने युवाहरुका लागी अधिकारीको जीवन र उनको यो व्यवसायबाट धेरै पाठ सिक्न सकिन्छ । लाखौंको जागिर छोडेर कृषि अनुसन्धानमा लागेका अधिकारीको फार्म पुग्दा यस्तो देखियो ।

हेर्नुहोस् तलको भिडियो :

प्रतिक्रिया