प्रा. डा. लुइँटेललाई अनेसास राम लामा अभिनासी सर्वोत्कृष्ट प्रतिभा पुरस्कार

इनेप्लिज २०७६ असोज २५ गते १०:४५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा अनेसासको वृहत्तर विकासमा विशेष योगदान गरेका व्यक्तिहरुमध्ये एक जनालाई हरेक दुई वर्षमा प्रदान गर्दै आएको अनेसास राम लामा अभिनाशी विशिष्ट प्रतिभा पुरस्कार यस वर्ष त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेललाई प्रदान गर्ने भएको छ ।

सो पुरस्कारका लागि योग्य प्रतिभाको छनौटका लागि गत सेप्टेम्बर ९ मा बसेको बोर्ड अफ ट्रस्टिज कार्यसमितिको बैठकले पुरस्कार समितिको सिफारिशमा तीन सदस्यीय सर्वोत्कृष्ट प्रतिभा छनौट समितिको गठन गरी सो कामको जिम्मा दिएको थियो । सो समितिले यही अक्टोबर ९ मा यस प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलको नाम सिफारिश गरेको हो । नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्न वहाँले गरिरहनुभएको सक्रिय भूमिका तथा अनेसासको संस्थागत विकासमा वहाँले विभिन्न रुपमा गर्नुभएको योगदानको मूल्याङ्कन गरी वहाँलाई यस पटक यस पुरस्कारबाट पुरस्कृत गर्न सिफारिश गरेको कुरा सिफारिश समितिले उल्लेख गरेको
छ ।

क्यालिफोर्निया निवासी राम लामा अभिनाशीले प्रयोजन गर्नुभएको सो पुरस्कारको राशी हाल २५०० अमेरिकी डलर रहेको छ । यसअघि यो पुरस्कार सन् २०१७ मा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो । आगामी नोभेम्बर १० तारिखमा अमेरिकाको वासिङ्टन डी सी मा आयोजना हुने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहका अवसरमा प्रा. डा. लुइँटेललाई यो पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया