नेपालमा दशैँ धुमधाम राष्ट्रपति, प्रधानमन्त्री देखि सर्व साधारणको टीका भ्याई नभ्याई,अमेरिका अब केही घन्टामा सुरु हुदै

इनेप्लिज २०७६ असोज २१ गते १०:५० मा प्रकाशित

नेपालमा दशैँ धुमधाम साथ १०;३५ मिनेटको शुभ साईत देखि दशैँ मनाउन थालिएको छ । राष्ट्रपति, प्रधानमन्त्री ,विभिन्न राजनैतिक दलका प्रमुख,सांसद ,कुटनैतिक व्यक्तित्वहरु देखि लिएर सर्व साधारणले हर्सौल्लास साथ टीका लगाउन सुरु गरेका छन् ।

अधिकांशलाई भ्याई नभ्याई भएको छ भने अमेरिका अब केही घन्टामा सुरु हुदै छ । यस्तै अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले देश विदेशमा रहेका नेपालीका लागि देशअनुसार कति बजे टीकाको शुभ साइत छ भनेर केही दिनअघि नै सूचना निकालेर जानकारी दिइसकेको छ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थाप्न थालिएको छ ।

घटस्थापनाका दिन स्थापित पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पिताको हातबाट टीका ग्रहण गरेका छन् । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गरेका छन् । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारले पनि दशैँ मनाएको छ ।

प्रचण्ड आफैले भने टीका लगाएनन् । पत्नी सीता, छोरीहरु रेनु र गंगा तथा नाती–नातिनीहरुको दशैँमा उनी सहभागी भएका हुन् । मंगलबार टीका र जमरा ग्रहण गर्दै राजदूत बेरीले दशैँ मनाएका हुन् । बेरी सुट र ढाका टोपीमा सजिएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दाजु तथा भाउजुको हातबाट दशैंको टीका लगाएका छन् ।

I’m

 

प्रतिक्रिया