क्यानेडियन नेवाः गुथिको १३ औँ बार्षिक साधारण सभा सम्पन्न

इनेप्लिज २०७६ असोज २१ गते ९:१२ मा प्रकाशित

ब्राम्प्टन, क्यानेडियन नेवाः गुथिको १३ औँ बार्षिक साधारण सभा हालै ब्राम्प्टन स्थित बैष्णबी मन्दिरमा सम्पन्न भयो कार्यक्रमको शुरुमा धिमे बाजा प्रस्तुत गरिएको थियो भने त्यसपछि रंजना सैँजु, पौल चन्द, रबिन प्रधान, डा. कॄश्ण भण्डारी, डा. अमर सैँजु, तारक जोशि, बिमल श्रेस्थको टोलीले सिटार, तबला, धिमे तथा मादलको तालमा मंगल धून को साथै दशैको बेलामा बजाईने मालश्री धून पनि पस्किएको थियो ।

सांगितिक प्रस्तुति पछी गुथिका अध्यक्ष प्रकाश प्रधानले उपस्थित सबैलाई स्वागत गर्नु भयो । त्यसपछी ब्राम्प्टन नगरपालिका वार्ड ३ र ४ का काउन्सिलर मार्टिन मेदेरोईस र गुथि का जेस्ठ सदश्य लक्ष्मण मुनि श्रेस्थले संयुक्त रुपमा कलात्मक पानसमा दीप प्रज्वलन गरि साधरण सभाको उदघाटन गर्नु भयो । उदघाटन मन्तब्य ब्यक्त गर्नु हुन्दै काउन्सिलर मेदेरोईसले ब्राम्प्टन नगर सांस्कॄतिक रुपमा बिबिधताले भरिएको र गुथिका सांस्कॄतिक कार्यक्रमहरुले अझ बढि बिबिधता युक्त नगर हुन पुगेको छ भन्नु भयो ।साथै उहाँले गुथिका कार्यक्रममा आफ्नो सह्योग रहने पनि बताउनु भयो ।

त्यस्तै टोरोन्टो बिस्वबिद्यालयमा नेवाः बुद्ध धर्ममा पिएच.डी. गर्दै आउनु भएका ईयन टर्नरले आफ्नो नेपाल भ्रमणको अनुभब बताउनु हुन्दै नेवाः संस्कृति र भाषा निकै समृद्द रहेको बताउनु भयो ।अर्का अतिथि लक्ष्मण मुनि श्रेस्थले गुथिका कार्यक्रमहरुले क्यानडामा नेवाः संस्कृतिलाई प्रबर्द्दन गर्न निकै टेवा पुगिरहेको छ भन्नु भयो ।

मन्तब्यको क्रम पछी गुथिका महा सचिब बिमल मान श्रेस्थले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु हुन्दै आगामि बर्षको लागि पनि अनुमानित कार्यक्रम प्रस्तुत गर्नु भयो । त्यस्त्तै गरि गुथिका कोषाध्यक्ष्य नरेश ताम्राकारले प्रस्तुत गर्नु भएको गत बर्षको आर्थिक प्रतिबेदन पारित गरियो ।

गुथिका सचिब डा. प्रज्वल प्रधान द्वारा संचालित उक्त कार्यक्रममा धन्यबाद ब्यक्त गर्नु हुन्दै उपाध्यक्ष उत्तम माकजुले सबैको सहयोगले गुथि आज यहां` सम्म पुगेको र नेवाः संस्कृतिको थप प्रबर्द्दन को लगि सो सहयोगको निरन्तरता अपेक्षा गर्नु भयो । कार्यक्रममा नयाँ सदश्यहरुको परिचयको साथै आजिबन सदश्यहरुलाई काउन्सिलर मेदेरोईसले प्रमाणपत्र बितरण गर्नु भएको थियो ।

प्रतिक्रिया