आज विजयादशमी, अमेरिकामा यस्तो छ टीकाको साइत

इनेप्लिज २०७६ असोज २१ गते ३:०८ मा प्रकाशित

काठमाडौँ, २१ असोज । आज (मंगलबार) दसैंको मुख्य दिन विजया दशमी। आफ्ना मान्यजनबाट टीका तथा जमरा ग्रहण गरी हर्षाेल्लासपूर्वक मनाइँदै छ।

टीका लगाउने उत्तम साइत अहिले बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार देवी विसर्जनको साइत अहिले बिहान ८ः४५ बजे छ।

समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार साइत खोज्नेका लागि बिहान १०ः३५ बजे टीकाको उत्तम साइत रहे पनि विजयादशमी आफैंमा शुभ दिन भएकाले आज दिनभर टीका लगाउन सकिन्छ।

आज (मंगलबार) चन्द्रमा मकर राशी मा रहेकाले टीका थाप्ने मानिस पूर्व  र लगाइदिनेले पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने विश्वास छ।

टाढा-टढा जानुपर्नेले कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका लगाउने चलन छ।

मंगलबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिन वैदिक विधिपूर्वक राखिएको पहेंलो जमरालाई समृद्धिको प्रतीक मानी मानी लगाउने गरिन्छ।

जमराले विभिन्न रोगव्याधिमा औषधिकको काम गर्ने तथ्य वैज्ञानिक रूपमा समेत पुष्टि भइसकेको छ।

यस्तै अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले देश विदेशमा रहेका नेपालीका लागि देशअनुसार कति बजे टीकाको शुभ साइत छ भनेर केही दिनअघि नै सूचना निकालेर जानकारी दिइसकेको छ।

प्रतिक्रिया