गायक कृष्ण भक्त राईको आवाजमा ” परदेशी ”भिडियो सहित ।

इनेप्लिज २०७६ असोज २० गते ११:२७ मा प्रकाशित

आर पोखरेल , काठमान्डाँ ।

बहुचर्चित गीत नमुछे आमा दहीमा टिकाको अपार सफलता पछि गायक कृष्ण भक्त राईको आवाजमा ” परदेशी” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
परदेशी भुमीमा आफनो कर्म समर्पित गरिरहेका डि आर अटुको शब्द तथा संगीतमा बास्तविक जिवन भोगाईलाई समेटिएर अर्को सर्वोकृष्ट रचनालाई बजारमा ल्याइएको छ ।

गाउँ घरको माया र स्नेहलाई गीतमा समेटिएको छ । चाडपर्वमा परिवार र आफन्तबाट टाडा हुदाँको पिडालाई गीतमा समेटिएको छ ।

आफनो सन्तानको सम्झनामा दिन रात विताउने प्राण प्यारी आमाको पिर र वेदनालाई समेटिएको छ । ” परदेशी गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन । ” परदेशी गीतलाई मनोज राईले सम्पादन गरेका छन ।” परदेशी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

प्रतिक्रिया