साझा सद्भाव समूह क्यानडाले पायो पूर्णतया

इनेप्लिज २०७६ असोज १९ गते १९:५६ मा प्रकाशित

क्यानडा।
साझा पार्टी प्रति प्रवासबाट आस्था राख्नेहरुको संगठन अन्तर्राष्ट्रिय साझा सद्भाव समूहले संगठन बिस्तारलाई तीब्रता दिने क्रममा साझा सद्भाव समूह क्यानडाले पूर्णता पाएको छ।

सद्भाव समूह क्यानाडाले संयोजकमा श्रीराम लामिछानेलाई चयन गरेको छ। क्यानडामा अनुसन्धानरत लामिछाने बेलायत र अस्ट्रेलियाबाट बायोलोजीमा स्नातकोत्तर गरेका हुन्। अस्ट्रेलिया बसाइको क्रममा उनले अस्ट्रेलियाको उत्तरी क्षेत्रको विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको प्रतिनिधि भएर काम गरेका थिए।

त्यसैगरी उपसंयोजकमा कृष्ण अर्याल चुनिएका छन् उनी क्यानडाको एक बिद्यालयमा कार्यरत छन्। उनले नेपालबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका हुन्। नेपालमा रहँदा शिक्षण पेशा तथा मिडियामा आबद्ध थिए। अहिले प्रारम्भिक समिति गठन गरिएको र समितिलाई विस्तार गर्दै लैजाने संयोजक श्रीराम लामिछानेले बताए।

सद्भाव समूहका अन्य सदस्यहरुमा बिनोद राना, पुस्कर भट्ट, राजु अर्याल, रत्न तिमिल्सिना, शालिक अर्याल, शशी शेखर श्रेष्ठ रहेका छन्। समितिका सल्लाहकार समुहमा कुमार उप्रेती र लक्ष्मीप्रसाद बाँस्तोला सल्लाहकार रहेको प्राप्त समाचारमा उल्लेख छ।

 

प्रतिक्रिया