बिजया दशमी

बिमला निरौला-(फेरफ्याक्स भि ए ) २०७६ असोज १६ गते २:३७ मा प्रकाशित

एक भकारी खुशीहरु,
मिलन र सद्धभावका ठुलै धोक्राहरु,
आस्था विश्वास र सम्बन्धको गह्रुँगो भारी
अनि उमंग उत्साहको अग्लो चाङ्ग लिएर
दशैं तिमी फेरी एक बर्षमा नेपालीहरुको
दैलो दैलोमा उभिंदै छ्यौ,
हर्ष, उल्लास र सुखको संकेत बनेर ।

राता अक्षताले चम्काएका सभ्यता,
पंहेला जमरामा मौलाएका संस्कृती,
अनि मान्यजनको शुभ आशिर्बादमा
बाँधीएको बिश्वाश भरोशा र आत्मीयता ।

दानबी प्रवृतीको नाश गर्दै दैबी शक्तीको विजयले
हरेक नयाँ पलहरुलाई शुभ साइत बनाई
आम नेपालीहरुका मन, बचन र कर्म कर्ममा
असत्य, झुट, स्वार्थ, लोभी, अपराधी र कुकर्मी रुपी
महिसासुरहरु नष्ट पारी

बिजया दशमी
तिमीले ल्याउनै पर्ने छ अब,
सत्य, निष्ठा, सुविचार र सुकर्मरुपी शक्तीहरु
आशा, भरोशा, शान्ती, सद्भाव र भाइचारा बिहानीहरू
अनि
विश्वास, आत्मबिश्वाश, श्रद्धा र समर्पणका आधारहरु ।
र ,
प्रतेक नेपाली मुटुमा एक दृढ सङ्कल्प
निस्वार्थी र सफा मनको, देश मोह र देश भक्तीको
साथै, सकर्म, माटो, जननी र जन्म भूमीको ।।।

बिजया दशमीको हार्दिक मंगलमय शुभकामना !!

प्रतिक्रिया