मोती जयन्ती तथा राजमित्र स्मृति पुरस्कार समारोह

इनेप्लिज २०७६ असोज १५ गते १०:४२ मा प्रकाशित

बोष्टनको एक भव्य साहित्यिक समारोहका बीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिजका अध्यक्ष साहित्यकार गीता खत्रीले कवि दीपा राई पुनलाई राजमित्र स्मृति प्रज्ञा पुरस्कार प्रदान गरिन् । साहित्यकार सुशील नेपालव्दारा आप्mना दिवंगत पितामाता राजेन्द्रप्रसाद नेपाल तथा मित्रविन्द्या नेपालका नाममा स्थापना गरिएको उक्त पुरस्कार बोष्टन क्षेत्रमा रही साहित्य सिर्जना गर्ने एकजना स्रष्टालाई हरेक बर्ष योगदानका आधारमा प्रदान गर्ने गरिन्छ । आजभन्दा पांच बर्षअगाडि देखि दिन थालिएको उक्त पुरस्कार क्रमशः भारती गौतम, दिनेश राजभण्डारी, गोबर्धन पुजा, तथा लालगोपाल सुवेदीले प्राप्त गरिसकेका छन् । संस्थाका अध्यक्ष हरिप्रसाद काप्mले शैव, यम पौडेल तथा गत वर्ष पुरस्कृत लालगोपाल सुवेदीको त्रिसदस्यीय छनोट समितिको सिफारिसमा यस बर्ष दीपा राई पुन छनोट भएकी हुन् ।

युवक कवि मोतीराम भट्ट तथा मातापिता राजेन्द्रप्रसाद नेपाल तथा मित्रविन्द्या नेपालको तस्वीरमा पुष्पार्पण गर्दै सुरु गरिएको उक्त कार्यक्रममा अनेसास बोष्टन च्याप्टरका अध्यक्ष यम पौडेलले मीठो कविताबाट सबै पाहुनाहरुलाई स्वागत गर्दै संस्थाको उद्देश्यमाथि प्रकाश पारे । राजमित्र प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद काप्mले शैवले मोतीरामले भानुभक्तलाई जनमानसमा ल्याउनेदेखि सामूहिक साहित्यिक वातावरण निर्माण गर्नेसम्मका कार्य गरेकाले उनी आपैmमा एउटा युगको पर्याय भएको धारणा राखे ।

साहित्यकार सुशील नेपालले नेपाली साहित्यको उन्नयनका लागि आपूm आजीवन तन, मन, वचनबाटै समर्पित भइरहने वचनवद्धता जनाए । प्रमुख अतिथिको आसनबाट बोल्दै साहित्यकार गीता खत्रीले राजमित्र स्मृति प्रज्ञा पुरस्कार सिङ्गो अमेरिकाव्यापी र अझ विश्वव्यापी बनाउन सकिए सुनमा सुगन्ध थपिने धारणा राख्दै अव हामी नेपाली साहित्यको विश्वव्यापीकरणमा जुट्नुपर्ने बेला आएको तथ्यमा जोड दिइन् । अनेसासका केन्द्रीय सचिव कवि लालगोपाल सुवेदीले पुरस्कृत व्यक्तित्व दीपा राई कर्म र भावनाबाटै सकारात्मकता र प्रकृतिको पुजारी भएको कुरा उनका कृतिहरुको मूल सार हो भन्ने तथ्य छर्लङ्ग्याए । कवि गौरव थपलियाले सारङ्गीवादक श्याम नेपालीको योगदानबारे चर्चा गरे । पुरस्कृत व्यक्तित्व दीपा राई तथा श्याम नेपालीले पुरस्कार तथा सम्मानबाट आपूmहरुमा थप जिम्मेवारी बढेको धारण व्यक्त गरे ।

बृहत् बोष्टन क्षेत्रमा नेपाली धर्म, संस्कृति तथा नेपालीपनको जगेर्नाहेतु हालै खरिद गरिएको पशुपतिनाथ बुद्ध फाउन्डेशनको भवनभित्र उक्त कार्यक्रम गरिएको हो ।

समारोहमा प्रसिद्ध सारङ्गीवादक श्याम नेपाली तथा कवि एवम् समाजसेवी यम पौडेललाई समेत सम्मान गरिएको थियो । न्यूयोर्कबाट अनेसासका पूर्व केन्द्रीय उपाध्यक्ष राम खत्री एवम् छिमेकी राज्य न्यूह्याम्शायरबाट साहित्यिक प्रतिनिधिहरुको समेत सहभागिता थियो ।

कार्यक्रमको अन्त्यमा अनेसास न्यूह्याम्शायरका कार्यवाहक अध्यक्ष हरिमाया अधिकारी, प्रधान सम्पादक तथा अनेसास बिओटी सदस्य ईश्वरी भट्ट, पूजा घिमिरे, अनेसास बोष्टन च्याप्टरका सचिव मनोज आचार्य, अनेसास बोष्टनका कोषाध्यक्ष प्रकाश खड्का, सहसचिव अभि गजुरेल, अनु शाह, ममता कर्माचार्य, धीरज पुन, चन्द्रा देवकोटा, प्रल्हाद केसी, मुर्चुङ्गावादक विमल गौतम तथा मिलन गुरुङ जस्ता स्रष्टाहरुले आआप्mना कविता गीत गजल र मन्तव्य प्रस्तुत गरे । स्मरणीय छ प्रसिद्ध फोटोग्राफर विमल नेपालले इनेप्लिजका लागि प्रत्यक्ष प्रसारण गरेका थिए ।

प्रतिक्रिया