बसन्तको संगीतमा हावा चल्यो सार्वजनिक

इनेप्लिज २०७६ असोज १४ गते ११:२८ मा प्रकाशित

गायक निशान भट्‍टराई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक हावा चल्यो बोलको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ । गीतको शब्द पनि सापकोटाले नै लेखेका हुन् ।

संगीतकार बसन्तकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा नायिका वर्षा राउत र अर्जुन गौतमको अभिनय रहेको छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा प्रविण सिंहको करियोग्राफी रहेको छ ।

नवराज ज्ञावलीले खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका छन् । भिडियोमा साइब्रत आचार्य साहायक निर्देशकको रुपमा रहेका छन् ।

https://www.youtube.com/watch?time_continue=3&v=mbgCg09qf48

प्रतिक्रिया