पोखरा, १३ असोज । नेपालीहरुको घरघरमा महान चाड विजया दशमी सुरु भएको छ । दशैँका लागि बजारमा किनमेल गर्ने देखि घर बाहिर रहेका आफन्त घर फर्कने क्रम सुरु भएको छ ।
यस्तै दशैँ सुरु भएसंगै लेकबाट च्याङ्ग्रा र भेडा पोखरामा ल्याइएको छ । पोखराको याम्दी देखि हेम्जा सम्म बथानका बथान च्याङ्ग्रा देख्न सकिन्छ ।
पोखरा र आसपासमा दशैँको समयमा खसी बोकाभन्दा पनि च्याङ्ग्रा नै खाने प्रचलन छ । पहाडी एवं तराईमा पालिने खसी बोकाको तुलनामा हिमाली भेगको च्याङ्ग्रो स्वास्थ्यका हिसाबले पनि राम्रो मान्ने गरिन्छ ।
अरु बेला च्याङ्ग्रा नल्याइने भएकाले वर्षमा एक पटक दशैँमा भने च्याङ्ग्राकै मासु खाने भन्ने प्रचलनले पनि यसको माग बढ्दै गएको हो । अहिले पोखरामा झरेका च्याङग्राको मुल्य १० हजार देखि ३५ हजार सम्म रहेको छ । व्यवसायी जयसिंह ठगुन्नाले भने – रोजेर लगे ३५ हजार जोखेर लगे एक केजीको ८ सय पर्छ ।
प्रतिक्रिया