पोखरामा नेपाल वृन्दावन धामको औपचारिक आधिकारिक घोषणा हुँदै

इनेप्लिज २०७६ असोज १२ गते ११:०६ मा प्रकाशित

विजय थापा । पोखरामा नेपाल वृन्दावन धाम बनाउने हेतुले पोखरावासी तातिएका छन् । त्यसको लागि आगामी असोज १६ अर्थात् अक्टोबर ३ बिहिबारका दिन नेपाल वृन्दावन धामको लागि औपचारिक घोषणा हुने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष विश्वराज गौतमले जानकारी दिएका छन ।

कार्यक्रममा सरकारी गैरसरकारी उद्योगपति ,व्यवसायी,साधुसन्त ,सर्व साधारणरहरु करिव ५ सय जनाको सह्भगिता हुने छ । अध्यक्ष विश्वराज गौतम अमेरिकाको बाल्टिमोर स्थित श्री पशुपतिनाथ मन्दिरका उप सभापति समेत रही काम गरि सकेका छन् ।

निर्माण हुने स्थान पोखरा म.न.पा.वार्ड न ३१ बेगनासको डाँडाे चुचुरोमा नेपाल वृन्दावन धामको लागी जमिन प्राप्त भै सकेको छ। उक्त स्थान सार्है रमणीय जसमामाछा पुछ्रे हिमाल ,पोख्ररा शहर ,बेगनास /रुपा ताल, मादी नदि,बेगनासको टाकुरो /चारैतिर दृश्य देखिने भएकोले पोखरावासी उत्साही बनेका छन् ।

भारतको उत्तर प्रदेश वृन्दावनका मूल ६ मन्दिर जस्ताको तस्तै हु बहु जस्तै श्री कृष्ण भगवानको जन्म गृह , श्री नन्द बाबाको मन्दिर ,श्रीजि (राधा )मन्दिर ,श्री दाउजी (बलराम )मन्दिर ,श्री बान्के बिहारी लाल मन्दिर, र श्री गोपिस्वर महादेवको मन्दिर ईत्यादी ६ मन्दिर जस्तको तस्तै हुने जनाइएको छ ।

त्यसै गरि मूल मन्दिर अत्याधुनिक प्रबिधिको करोडौंको लागतमा सुन्दर अङ्किय पद्धतिमा (डिजिटल सिस्टम )समाबेश हुने प्रकाश परिवर्तन हुने lश्री राधा कृष्ण मन्दिर हुनेछ ।

५०० जनाको सभा कक्ष(हल )समेत कोअगाडी साथमा रसलिला र गोबर्धन पर्वत,राधा कुण्ड सहितको सुन्दर पार्क बन्ने छ । आधुनिक शिक्षा सहितको गुरु कुल र आधुनिक प्रबिधिको गौशाला समेत बन्ने छ ।

नेपालमा धार्मिक र पर्यटकको हिसाबमा काठमाडौं पशुपति मन्दिर पछी दोस्रो ठुलो हुने अनुमान गरिएको अध्यक्ष गौतमले जनाएका छन् । घोषणा भए लगतै महिना दिन भित्र भूमि पूजा गरिने छ भने ३ महिना भित्र डिपीआर (पूर्ण परियोजनाको प्रतिबेदन )तयार हुने समेत योजना गरिएको छ ।

साथै ५ महिना भित्र बिशाल महा यज्ञ गरिने र त्यस पछि मात्र कति लागत र कुन समयमा सम्पन्न हुने बारेमा यकिन हुने भनि अध्यक्ष गौतमले ईनेप्लिजलाई बताए ।

प्रतिक्रिया