काठमाडौं । गायक राममणी फुयाँलको ‘तर बाँसुरी मनको’ गीतको भिडियो सार्वजनिक गरेको छ । गीतमा गायक फुयाँलको आफ्नै शब्द र संगित रहेको उक्त गीतमा सुजता तिमिल्सिना र राममणी फुयाँलको स्वर रहेको छ । गीतको भिडियोमा तिमिल्सिना र फुयाँलले नै अभिनय गरेका छन।
गीतको भिडियोमा एरेन्ज पुरुषोत्तम सुवेदी र मिक्सिङ किशोर थापाको रहेको छ । त्यस्तै क्यामरामा सन्जु थोकर लामा र जोन राइको निर्देशन तथा सम्पादन रहेको छ । हाईलाइट्स नेपालद्धारा रिलिज गरिएको उक्त भिडियो तिमिल्सिनाले निर्माण गरेकी हुन । हाल अस्टेलियामा बस्दै आएका फुयाँल र तिमिल्सिनाले छोटो समयमै नेपाल बसाइको क्रमममा म्युजिक भिडियो निर्माण गरिएको हो ।
प्रतिक्रिया