असोज १७ मा शिवम् , एक्सन हिरोको रुपमा सोहमको उदय

इनेप्लिज २०७६ असोज १० गते ११:०३ मा प्रकाशित

काठमाण्डौ ।

चलचित्र शिवम् असोज १७ बाट प्रर्दशनमा आउने भएको छ । प्रेम र एक्सनले भरिपूर्ण चलचित्र शिवम् बाट नवनायक सोहम भेटवालको रजतपटमा जन्म हुदैछ । प्रेम कथा संगै एक्सनमा सोहमले आफूलाइ पर्दामा प्रस्तुत गरेका छन् ।

यूके बासि सोहमलाइ कलाकारीताको मोहले नै नेपाल फर्काएको छ । एस के प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्र शिवम् मा सोहमको साथमा शुभेच्छा थापा , रबि गिरी , रस्मि भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाइ राजु गिरिले निर्देशन गरेका छन् भने बितरणको जिम्मा तिरुपति पिक्चर्स का लागि सरोज शर्मा र सुनिता भट्टराइले लिएका छन् ।

प्रतिक्रिया