शनिबार, कार्तिक २ २०७६
काठमाडौं १०:५२
वासिङटन डिसी 01:07

शिव परियारको भेट हुदाँ सार्वजनिक

इनेप्लिज २०७६ असोज ३ गते ०:०२ मा प्रकाशित

गायक शिव परियारको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार युट्युबमार्फत् ‘भेट हुदाँ’ बोलको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ पनि भनिएको छ । गीतमा प्रहाल्द शाहको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ ।
गीतको भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ ।

रमणिय स्थाल साँघामा खिचिएको भिडियो फिल्मी स्टाइलमा तयार गरिएको छ । शान थापाको निर्देशनमा बनेको यस भिडियोमा गम्भिर विष्‍टको नृत्य निर्देशन रहेको छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया