पोखरा फेवाताल किनाराको रातो डाँडा क्षेत्रको सडक भासिएको छ ।गएराति परेको ठुलो बर्षातका कारण पोखराको फेवाताल किनारा स्थित रातो डाँडा नजिकको सडक भासिएको हो ।सो क्षेत्रमा करिब 100 मिटर सडक भासिएछ । १० मिटर सडक भासिएर पहिरो गएको छ भने करिब ४० मिटर जसो सडक भासिएर खस्ने अवस्थामा पुगेको छ ।
गएराति नै भासिएको स्थानमा कुनै संकेत वा रोक क्षेक नगर्दा सो क्षेत्रमा सडक दुर्घटनाको उच्च जोखिम समेत रहेको छ ।
सोहि भासिएको स्थान नजिकै केहि समय अघि करिब १० मिटर जसो भाग पहिरो गएको र त्यसलाई समेत मर्मत सम्हार नगरेको भन्दै स्थानियले गुनासो गरे। भिडीयो सहीत
प्रतिक्रिया