डेंगुले दुई महिनामा ५ हजार ९५ जना बिरामी, ६ जनाको मृत्यु

इनेप्लिज २०७६ असोज १ गते ९:३७ मा प्रकाशित

काठमाडौं, १ असोज । डेंगुका कारण साउन र भदौ महिनामा नेपालभर ५ हजार ९५ जना प्रभावित हुनुका साथै ६ जनाको मृत्यु भएको सरकारी तथ्यांक सार्वजनिक गरिएको छ ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रतिनिधि सभाको बुधबारको बैठकमा उक्त तथ्यांक सार्वजनिक गरेका हुन् । सांसदहरूको प्रश्नको उत्तर दिँदै उनले हालसम्म डेंगु नियन्त्रणका लागि प्रभावकारी औषधि तथा कुनै खोप नभएका कारण कठिनाई भएको बताए । उनले भने,‘यसको उपचारको उपाय भनेकै लामखुट्टेको नियन्त्रण नै हो ।’

प्रतिक्रिया