ज्येष्ठ नागरिकलाई बुधबारदेखि नेपाल एयरलाइन्समा ५० प्रतिशत छुट

इनेप्लिज २०७६ असोज १ गते ९:३३ मा प्रकाशित

काठमाडौं, १ असोज । सरकारी वायु सेवा नेपाल एयरलाइन्समा बुधबारदेखि लागु हुनेगरी ७० बर्ष नाघेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट लागु गरिएको छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको घोषणाअनुसार एयरलाइन्सले उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो । प्रत्येक एयरलाइन्समा उक्त निर्णय गराउन मन्त्री भट्टराईले निर्देशन दिएका छन् । तर, सरकारी विमान सेवाबाट नै उक्त निर्णय कार्यान्वयनमा ल्याइएको हो ।

दशैं तिहारलगायतका चाडवाडका लागि नेपाल एयरलाइन्सले अग्रिम बुकिङ पनि खुलाएको छ ।

प्रतिक्रिया