मेरो प्यारो शत्रुलाई

इनेप्लिज २०७६ भदौ ३१ गते २१:३० मा प्रकाशित

हो मा हो सधै गरीदिनु
सबै कुरा उसैको पत्याउनु
दोष र बैगुन जति मेरो भागमा पोखिदिनु
गुन जति उसैको नाममा जपीदिनु

निराश भएर आँसु झार्ने छैन म
बिचलित भएर बदल्ने छैन मेरा लक्ष्य म
एक्लो वृहस्पति सधै झुठो
छेपाराले रंग बदले जस्तै गर्ने छैन कुरो

ढलेर उठ्न सक्दैन यो नभन्नु कहिले
ओइलिएको फुल फक्रिदैन नभन्नु जहिले
सफल हुन परिश्रम गर्नुपर्छ रे
परिश्रम गर्न हिम्मत हुनुपर्छ रे

जीवन त झिंगाले पनि फोहरकै डंगुरमा बिताउछ नि
बांच्न त किरा फट्यांग्रा पनि बांचेकै छन नि
तिमी र यिनीमा फरक नै के भयो र
सिनोले पेट गिद्दले पनि पालेकै छ होइन र!!!

बाबा राजेश्वरी थापा ढकाल
भियना, अस्ट्रिया

प्रतिक्रिया