गैरनेपालीको धारामा आफै पानी बग्न सकेको छैन

बिनोद रोका , एर्टनी एट ल, न्युर्योक २०७६ भदौ ३१ गते १६:५७ मा प्रकाशित

 


विनोद रोका, एर्टनी एट ल, न्युर्योक । वर्तमान नेपालको संविधानले सार्क मुलुक भन्दा बाहिर बस्ने र सोही देशको नागरिकता लिएका तर वंशजको आधारमा नेपाली नागरिक हक पाएका गैर नेपाली नागरिकहरुलाई राजनैतिक बाहेकका आर्थिक, सामाजिक, र सास्कृतिक अधिकारहरु नेपाली नागरिकले पाए सरह प्रदान गर्न सकिने व्यवस्था गरेको छ।

यो व्यवस्थाको अभिलेख राख्ने प्रकृयाको बारेमा कानुन बनाऊने जिम्वेवारी पाएको संसदले दशकौ लगायो। जुन केही व्यक्तिहरुको संकृण सोचको कारण होे। त्यसैले संविधानका सबै धाराहरुमा पानी आयो। तर यो धारामा आफै पानी बग्न सकेको छैन।

http://www.lawcommission.gov.np/en/archives/98

हाल संसदको समितिले यो व्यवस्थालाई कार्यान्वयन गर्न पारित गरिएको भनिएको समाचार बाहिर आएको छ। यो समाचार अनुसार गैरनेपाली नागरिक्ता पाऊनका लागि वंशजको आधारमा प्राप्त नागरिक्ता १ बर्ष भित्र परित्याग गर्नुपर्ने भन्ने शर्त राखिएको देखिन्छ।जुन संविधानसम्मत देखिदैन। किनकि वंशजको नाताले पाएको नेपाली नागरिक हक अंगीकृत नागरिकले पाए जसरी त्याग्नु पर्दैन। विदेशको नागरिकता त्याग्ने नेपाली नागरिकले स्वत आफनो वंशजको आधारमा पाएको नागरिक हक प्राप्त गर्दछ। र संविधानको साव्दीक अर्थ पनि यहाी हो। जसरी अहिले रवि लामिछानेजीले अमेरीकाको नागरिक्ता नेपाल स्थित अमेरीकी राजदुतावाश समक्ष उपस्थित भै त्यागेपछि स्वत नेपालको नागरिकता लिन सक्नु भयो।

https://travel.state.gov/content/travel/en/legal/travel-legal-considerations/us-citizenship/Renunciation-US-Nationality-Abroad.html

गैर नेपाली नेपाली नागरिकले संविधान बमोजिम पाऊन नसक्ने भनेको राजनैतिक अधिकारसम्म हो। त्यो अधिकार मतदाता परिचयपत्र नदिएमा उपभोग गर्न सकिदैन। त्यस्तै राजनैतिक नियुक्तिको लागि यस्ता गैर नेपाली नागरिक शिफारिश हुने सम्भावना नै रहदैन। तसर्थ सार्क मुलुक भन्दा बाहिर बस्ने वंशजको आधारमा नेपाली नागरिक हक पाऊने गैर नेपालीहरुले पाई रहेको नागरिक्ता १ बर्ष भित्र त्याग्नुपर्ने व्यवस्था संविधान सम्मत देखिदैन ।

प्रतिक्रिया