प्रधानमन्त्री ओलीले मोदीलाई तीन भाषामा जन्मदिनको शुभकामना दिए

इनेप्लिज २०७६ भदौ ३१ गते ८:४९ मा प्रकाशित

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री केपी शर्मा  ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई तीन वटा भाषामा जन्मदिनको शुभकामना दिएका छन् ।

आज मोदीको ६९ औं जन्मदिन प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अङ्ग्रेजी, हिन्दी र गुजराती भाषामा शुभकामना दिएका हुन् ।शुभकामना सन्देशमा प्रम ओलीले मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गरेका छन्  । साथै, उनले दुई जना मिलेर नेपाल–भारतको द्विपक्षीय सम्बन्धलाई अझै मजबुद गर्दै लैजाने आशा पनि व्यक्त गरेका छन् ।

मोदीको जन्मदिनमा बिहानदेखि विश्व नेताहरूले शुभकामना व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया