लमजुङ सेवा समाज कतारको मासिक बैठकसँगै तृतीय उपाध्यक्ष बसौलालाई सम्मान ।

इनेप्लिज २०७६ भदौ २८ गते १३:५५ मा प्रकाशित

इनेप्लिज कतार ।

लमजुङ सेवा समाजको मासिक बैठक सम्पन्न भएको छ । समाजका अध्यक्ष नवराज नखोलाको अध्यक्षतामा भएको बैठकमा विभिन्न विषयहरुमा छलफल गरिएको हो ।

बैठकमा संस्थाका तृतीय उपाध्यक्ष बिनोदप्रसाद बसौलालाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१९–२१ कार्यकालको कोषाध्यक्ष  पदमा निर्वाचित भएकोमा संस्थाको तर्फबाट खादा लगाई सम्मान गरिएको हो ।

कार्यक्रममा अध्यक्ष नवराज नखोला, द्धितीय उपाध्यक्ष बुद्धिसागर सुबर्णकार, संस्थाका सल्लाहकार प्रबिन श्रेष्ठको उपस्थिति थियो । बैठकमा नब निर्बा्चित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१९–२१ कोषाध्यक्ष तथा संस्थाका तृतीय उपाध्यक्ष बसौलाले आफुलाइ जिताउन हरेक क्षेत्र बाट लागि पर्नुे लमजुङे दाजु भाइ दिदिबहिनीहरु प्रती हार्दिक आभार प्रकट गरेका थिए ।

उनले आगामी दिनमा आफुले गर्न सक्ने संस्था प्रतिको सहयोग र जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता ब्यक्त समेत गरेका थिए ।

‘सुख दुःखमा साथ, लमजुङ सेवा समाज’ भन्ने मुल नारलाई आत्मसात गर्दै हरेक सामाजिक कार्यमा अघि बढ्दै गरेको उक्त संस्थाले गत बर्षहरुमा जस्तै यो बर्ष पनि बिजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिने निर्णय गरेको छ ।

सांगितिक कार्यक्रमका साथ टिका र जमरा लगाई अक्टोबर ११ शुक्रबार समाल गार्डेनमा कार्यक्रम गर्ने छलफमा निर्णय गरेको छ ।

यस्तै संस्थाको बिगत केही समय देखि रिक्त रहेको कर्य समितीको महिला सदस्य पदमा संस्थाकी सक्रिय सदस्य कुमारी गुरुङलाई नियुक्ति गरिएको समाजका कार्यबाहक महासचिव बिनोद थापामगरले जानकारी दिए ।

प्रतिक्रिया