बेलायतमा एनआरएनए चुनावी माहोल, उपाध्यक्ष आचार्यले गरे मतदान

इनेप्लिज २०७६ भदौ २८ गते ११:१३ मा प्रकाशित

लण्डन ।  एनआरएन युकेको नयां कार्यसमिति चुन्न शनिवार भै रहेको मतदानमा निकै उत्साहको वातावरण देखिएको छ।

केन्द्रिय उपाध्यक्ष कुल आचार्यले बिहानै साउथ ह्यारोस्थित मतदान केन्द्रमा गएर मतदान गरेका छन् । उनले एनआरएनको सदस्यता लिएका  युकेस्थित सबै मतदाताहरुलाई समय निकालेर मतदानमा सहभागी हुन र प्रजातान्त्रिक अभ्यासद्वारा एनआरएन संस्थालाई अरु बलियो बनाउन पनि आग्रह पनि गरे ।

झन्डै साढे १३ हजार मतदाता सहित एनआरएन युके संसारकै सबैभन्दा ठूलो राष्ट्रिय समन्वय परिषद बन्न पुगेको छ।

भूपू गोर्खा शेर बहादुर सुनार तथा पूर्व उपाध्यक्ष पुनम गुरुङले नेतृत्व गरेका दुइ समूहहरुबीच कडा प्रतिस्पर्द्धा भैरहेको छ।

सुनारले आफ्नो समूह समावेशी भएकाले आफुहरुले जित्नेमा ढुक्क भएको जनाएका छन् ।

गुरुङले चाही आफु महिला भएकाले पनि मतदाताहरुको समर्थन आफुलाई रहने बताएकी छिन्।

मतदानका लागि १३ ओटा मतदान केन्द्रहरु तोकिएकोमा स्कटल्याण्ड मतदान केन्द्रमा भने केहि ढिला मतदान शुरु भएको थियो।

मतदान हेर्न संघका केन्द्रीय पदाधिकारीहरु पनि बेलायत आईपुगेका छन् ।

आउंदो अक्टोबर महिनामा काठमाडौँमा हुने संघको नवौं विश्व सम्मेलनले नयां कार्य समिति चुन्ने भएकाले पनि एनआरएन युकेको चुनावी नतिजाप्रति धेरैको चासो बढेको छ।

चुनावमा वर्तमान उपाध्यक्ष द्वय कुमार पन्त तथा कुल आचार्य ले केन्द्रिय अध्यक्ष पद का लागि उम्मेदवारी दिने जनाएका छन्  ।

पन्तलाइ सरकार समर्थित वामपन्थीहरुको र आचार्यलाई नेपाली कांग्रेस समर्थित लोकतन्त्रवादीहरुको समर्थन रहेको जानकारहरुले बताएका छन् ।

प्रतिक्रिया