यस कारण उत्कृष्ट छ नेपाल प्रहरी, चोर आउँदा मात्र होईन जोरो आउदाँ पनि घरघरमा प्रहरीगण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र नेपाल प्रहरी अस्पताल काठमाण्डौको आयोजनामा कास्की जिल्ला स्थित विभिन्न जनप्रतिनिधि, समुदायिक प्रहरी सेवा केन्द्र, आमा समूह, विद्यालय लगायत आम नागरिकका लागि डेंगु नियन्त्रण सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
डेंगु रोगबाट नेपालकै दोस्रो बढी प्रभावित जिल्ला कास्कीमा संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको अवस्थालाई मध्यनजर गर्दै यस रोगबाट आम नागरिकलाई थप शिकार हुनबाट बचाउन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको विशेष पहलमा पोखरामा यस बाहेक पनि थुप्रै कार्यक्रमहरुको आयोजना गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौंबाट आउनुभएका चिकित्सकहरुको समूहद्वारा विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने २०० बढी व्यक्तिहरुलाई डेंगु रोगको परिचय, यसका लक्षणहरु, असर, अपनाउनुपर्ने सावधानिहरु साथै घरेलु उपचारका विधि लगायतका विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
प्रतिक्रिया