हरि उप्रेतीको नयाँ गित “कस्तो चलन”को म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७६ भदौ २४ गते ११:२६ मा प्रकाशित

काठमाडौं ,लोकप्रिय गीतकार हरि उप्रेतीको नयाँ गित “कस्तो चलन”को म्युजिक भिडियो सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालका विजेता सी डी विजय अधिकारीको स्वर तथा संगीत रहेको गीतमा भने फणिन्द्र राइले एरेन्ज रहेको छ ।

गीतको म्युजिक भिडियोलाई हाईलाइट्स नेपालको यु ट्युब मार्फत आइतबार  सार्वजनिक  गरिएको हो । प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा अबेश बज्राचार्यको छायांकन र माधव बेलबासेको सम्पादन रहेको छ ।

म्युजिक भिडियोमा कृष्ण देबकोटा, पुजा, करन र सुनिलले अभिनय गरेका छन् । लामो समयदेखि अमेरिकामा रहेर नेपाली गीतको सिर्जनामा रहेका गीतकार हरि उप्रेतीको करिब २ दर्जन गीतहरु सार्वजनिक भैसकेका छन् भने  १ दर्जन जति चलचित्रको गीतहरुमा उनको सिर्जना सुन्न सकिन्छ ।

सन् २०१५ बाट औपचारिक रुपमा गीत लेख्न सुरु गरेका उनको गीतमा नेपालका ख्यातिप्राप्त गायक गायिकाको आवाज दिएका छन् । उनले लेखेका गीतहरुले विभिन्न ५ वटा अवार्ड प्राप्त गरिसकेका छन् । गीतलेखनको साथै समाजसेवामा त्यतिकै अग्रसर गीतकार उप्रेतीले प्रभु नारायण चौधरी फाउन्डेसनबाट रास्ट्रीय सम्मान समेत प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया